काठमाडौं । दोस्रोपटक पुनर्स्थापित प्रतिनिधि सभाको आठौं अधिवेशन चलिरहेको छ । गत आइतबारबाट सुरु भएको अधिवेशनको शुक्रबार दोस्रो बैठक बसेको छ । यसपटक सभामुख अग्निप्रसाद सापकोटा हर्षित छन्, प्रफुल्ल छन् ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारलाई दुई दुईपटक प्रतिनिधि सभा विघटन गरेको थियो । दुवैपटक अदालतले प्रतिनिध सभा पुनर्स्थापित गरिदियो ।
तर, दोस्रोपटक संसद पुनर्स्थापित हुँदा र अधिवेशन चलिरहँदा सभामुख सापकोटा खुसी देखिएका छन् । पहिलोपटक पुनर्स्थापित हुँदा उनी त्यत्ति हर्षित थिएनन्, जति अहिले छन् । यो स्वभाविक पनि हो । पहिलोपटक पुनर्स्थापित हुँदा आफैंले विघटन गरेको प्रतिनिधि सभालाई विजनेश दिनुपर्ने तत्कालीन सरकारलाई बाध्यता थियो । तर, अहिलेको सरकारलाई भने त्यो सकस छैन ।
अहिले सरकारको नेतृत्व लिएका कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार दलहरुकै रिटमाथि सुनुवाई गर्दै सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापित गरिदिएको हो ।
आफैंले जीवित बनाएको संसद्लाई देउवा सरकारलाई बिजनेश दिन र संसद् बैठकमा उपस्थित भएर उठेका प्रश्न दिन पनि देउवा सरकारलाई संकोच मान्नुपर्ने अवस्था छैन ।
आफू अनुकुलको सरकार र सरकारले बैठकलाई विजनेश दिनेमा ढुक्क देखिएपछि प्रफुल्ल सभामुख सापकोवटा खुसी देखिएका हुन् । आफ्नै कार्यकालमा दुई दुईपटक विघटन भएको प्रतिनिधि सभाले अब पूरा कार्यकाल पूरा गर्ने भएकाले उनी झनै मख्ख छन् ।
