• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

महाप्रभु साकोस प्रकरण : ५ करोड ६० लाख बचत फिर्ता


  •   शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
  • दाङ । ५ करोड २७ लाख घोटाला प्रकरणमा मुछिएको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाबाट पछिल्लो समयमा ५ करोड ६० लाख बचत फिर्ता भएको छ । करिब ३० जना सदस्यले सेयरसमेत फिर्ता लिएका छन् ।

    Advertisement

    एकीकरण अघि महाप्रभुका १ हजार ४ सय सदस्य थिए । महाप्रभुको समस्या बाहिरिएपछि बचत फिर्ता हुने क्रम बढेको छ । सहकारीका सदस्यले केही रकम मात्रै बचत तथा सेयर राखेर अरू फिर्ता माग्ने क्रम बढेको छ ।

    महाप्रभु, हरियाली, जनजीविका र बिहानी सहकारी एकीकरण भई देउखुरी बचत तथा ऋण सहकारी संस्था बनेको थियो । एकीकरण घोषणा पछि महाप्रभुको वासलात नमिलेपछि ५ करोड २७ लाख २६ हजार २ सय ९२ रुपैयाँ घोटाला भएको प्रकरण दाङ देउखुरी जिल्ला अदालतमा पुगेको छ ।

    सर्वोच्च अदालतले ४ जनालाई पूर्पक्षकालागि थुनामा राखेको छ । अदालतले दुई जना लेखा परीक्षकसहित २० जनालाई पक्राउ पुर्जी जारी गरेको छ । तर अहिलेसम्म कोही पनि बयानका लागि गएका छैनन् । देउखुरी सहकारीका अध्यक्ष शिव ध्वज मल्लले सकभर मिलापत्र गरेरै जाने योजनामा रहेको बताए ।

    महाप्रभुमा समस्या आएपछि देउखुरी सहकारीकै भवनमा छुट्टै कोठामा महाप्रभु सञ्चालन भइरहेको छ । अध्यक्ष मल्लले महाप्रभुले एकीकरण गर्दा ११ करोडको हिसाब दिए पनि पछि १६ करोडको देखिन आएपछि अदालतमा मुद्दा हालेको बताए ।

    सह लेखापाल विक्रम राणालगायतले बदमासी गरेको देखिएको उनको भनाइ छ । अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरे पनि मिलापत्र गराउन छलफल चलिरहेको उनको भनाइ छ ।उनले भने,‘नमिलेको हिसाब देउखुरीमा आयो भने मिलापत्र हुने सम्भावना छ ।’

    महाप्रभुका सञ्चालक तथा पदाधिकारी तथा दोषी करार भएकाले देउखुरीमा नगद जम्मा गरिदिए सबै हिसाब मिल्ने उनको भनाइ छ । मिलापत्रका लागि पहल भइरहेको उनले बताए । महाप्रभुले धितो लिएर हिसाब मिलाउन खोजेका छन् । तर देउखुरी सहकारीले त्यसो नभई क्यास नै चाहिने नत्र कानुनबमोजिम हुने चेतावनी दिइरहेको छ ।

    सहायक लेखापाल राणा ०६८ सालदेखि सफ्टवेयर, कम्प्युटर चलाउने कर्मचारी हुन् । यो प्रकरणमा मुख्य दोषी उनी देखिएका छन् । अहिले थुनामा छन् । एकीकरणपछि महाप्रभुमा समस्या आएपछि तरलता व्यवस्थापन गर्न देउखुरी सहकारीले नेफ्स्कूनबाट ३ करोड ऋण लिएको छ ।

    संस्थाका अध्यक्ष मल्लले महाप्रभु सेवा केन्द्रमा समस्या आएपछि तरलता व्यवस्थापन गर्न नेफ्स्कूनबाट ३ करोड ऋण लिइ हालसम्म ५ करोड ६० लाख रकम बचत फिर्ता गरिएको बताए ।पछिल्लो समयमा सदस्यहरू बचत फिर्ताका लागि खासै नआएको उनले बताए । ‘हामीले विश्वास दिलाइरहेका छौँ’ उनले भने,‘सदस्यको एक पैसा पनि हिनामिना हुन पाउँदैन । ’

    अध्यक्ष मल्ल हिनामिना भएको रकम असुल उपर हुने आशा व्यक्त गर्छन् । त्यसो नभए अदालतमा प्रक्रिया गइसकेकाले कानुन बमोजिम नै हुन्छ । सम्बन्धित व्यक्तिका परिवारले समेत मिलापत्रमा जोड दिएकाले छिट्टै महाप्रभुको समस्या सल्टिने उनले बताए ।

    पल्स पलस सफ्टवेयर प्रयोग गरिरहेको महाप्रभुको सुरुमा सफ्टवेयरमा ताल्चा लागेको थियो । हिसाब हेर्न खोज्दा पनि सफ्टवेयर कम्पनीले दिएको थिएन । देउखुरी सहकारीका सञ्चालक तथा कर्मचारीले अनेक प्रयास गरेपछि पहुँच प्राप्त गरी सफ्टवेयरमार्फत हिसाब भिडाउँदा फरक देखिएपछि प्रकरण बाहिरिएको थियो ।

    शनिबार, साउन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.