काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बचाएर ठूलो लडाइँ जितिएको बताएका छन् ।
शनिवार नेकपाका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
संविधानको रक्षा गर्ने ठाउँमा आइपुगिएको भन्दै प्रचण्डले अब झन् ठूलो चुनौती रहेको बताए । उनले अब चुनौती बुद्धिमत्तताका साथ सामना गर्नुपर्ने पनि बताए । उनले पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेपछि तनावमा परेको पनि उनले बताए ।
‘मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म’ उनले भने – ‘४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।’
उक्त कार्यक्रममा अब सरकारलाई राम्रो काम गर्न अब चुनौती रहेको भन्दै उनले कुनै पनि मन्त्रीलाई लापरबाही नगर्न आग्रह गरे ।
