काठमाडौं – प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
शनिवार प्रधानमन्त्री देउवा र प्रचण्डबीच सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच मन्त्रिपरिषद् बिस्तार गर्ने बिषयमा छलफल भएको बताइएको छ ।
उनीहरुबीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वको सरकारले गरेको नियुक्त खारेज गर्ने बिषयमा छलफल भएको र यस कुरामा प्रधानमन्त्री देउवा र प्रचण्ड सहमत भएको बतायएको छ । उनीहरुबीच अब छिट्टै नै मन्त्रिपरिषद् बिस्तार गर्ने बारे छलफल भएको छ ।
