काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवासमा आज मध्यान्ह १२ बजे नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ ।
१४ औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल गर्न बैठक बस्न लागेको हो । यस्तै साउन १२ का लागि तोकेको वडा अधिवेशन स्थगित भएपछि अब कहिले अधिवेशन गर्ने भन्नेबारे रणनीति तय बैठक बस्न लागेको पौडेल निकट एक नेताले बताए ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाललगायतलाई बोलाइएको छ।
रामचन्द पौडेल पक्षको बैठक कोइराला निवासमा बस्दै
रामचन्द पौडेल पक्षको बैठक कोइराला निवासमा बस्दै
तपाईको प्रतिक्रिया
