काठमाडौं । निषेधाज्ञा खुकुलो बनाइएसँगै कोरोनाभाइरस संक्रमण बढिरहेका बेला सरकारले तेस्रो लहर आउने सक्ने बताएको छ ।
कोरोना संक्रमण बढेको गएकाले तेस्रो लहर आउने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशकै सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरेर अक्सिजनका सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो ।
सोमबारमात्रै मुलुकभर ३ हजार ४२१ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ जनाको मृत्यु भएको छ ।
पछिल्लो हप्ता कोरोना संक्रमण दिनानुदिन बढिरहेकाले मन्त्रालयले सोमबार सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पठाउँदै अक्सिजनको सिलिण्डर, अक्सिजन प्लान्ट, अक्सिजन टयांक र अक्सिजन कन्सर्नट्रेटर चालु अवस्थामा राख्न निर्देशनात्मक पत्र पठाएको हो ।

