काठमाडौँ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षलाई अर्को दल दर्ताका लागि आह्वान गरेको छ।
उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिँदै ठाकुर पक्षलाई छुट्टै दल दर्ताका लागि आह्वान गर्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यकारिणी परिषदका ५१ जना सदस्यमध्ये ३४ जना यादवको पक्षमा उभिएकाले उक्त पक्षलाई आधिकाकिरता दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ ९६० अनुसार यादव पक्षलाई आधिकारिकता दिँदै छुट्टै दल दर्ता गर्न आह्वान गरेको हो।
