काठमाडौं : नेपाली कांग्रेसको क्रियाशिल सदस्यता साढे ८ लाख नाघेको छ ।
क्रियाशील सदस्यता छानबिन समितिले ८ लाख ५२ हजार ७११ क्रियाशिल सदस्यतासहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको हो । यो संख्या २०७२ सालमा भएको १३ औं महाधिवेशनको भन्दा दोब्बर हो । ८ लाख ५२ हजारमध्ये चार लाख ९ हजार ३३ जना भने पुरानै सदस्य हुन्। उनीहरूको नवीकरण गरिएको हो।
मंगलबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठको प्रतिवेदन बुझाइएको छ। उक्त विवरणमा जनसम्पर्क समितिको विवरण समेटिएको छैन् । विवरण अनुसार कुल सदस्यको ७४ दशमलव २६ प्रतिशत पुरुष र २२ दशमलव ६२ प्रतिशत महिला रहेका छन् । यस्तै शून्य दशमलव शून्य २ प्रतिशत अन्य रहेका छन् ।
प्रदेशगत विवरण यस्तो छ :
![]()
![]()
