काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री देउवाले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकी विदेशमन्त्री ब्लिनकेनसँग आफ्नो टेलिफोन वार्ता भएको जानकारी गराएका हुन् ।
प्रधानमन्त्री देउवाले आफुहरुबीच दुई पक्षीय सम्बन्ध र दुई देशका जनताको हितका बिषयमा कुराकानी भएको बताएका छन् ।
यस्तै उनीहरुबीच लामो समयदेखि एमसीसी संसदमा विचाराधीन रहेको अवस्थामा यस विषयमा पनि छलफल भएको विश्वास गरिएको छ ।
