दुर्गा एण्ड सन्स् अटोमोबाइल प्रा. लि . को ११औं वार्षीकत्सव सम्पन्न विगत एघार वर्षदेखी सीप्रदि आधिकारीक सर्भीस सेन्टर दुर्गा एण्ड सन्स् टाटाका कमर्सीयल सवारी साधनको नियमीत ग्राहकको सेवा गर्दै आएको छ । २०६७ सालदेखी आजसम्म ग्राहकलाई सन्तुष्टि प्रदान गर्न सफल यस संस्था आज नेपालकै उत्कृष्ट सेवा दिने संस्थाको रूपमा चिनिएको छ । “ ग्राहकको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो “ भन्ने भावनाका साथ अघि बढिरहेको छ । लामो समयदेखी व्यवसायीक प्रयोजनमा पर्ने टाटाका सवारी साधनहरू मर्मत तथा संहार गर्ने क्रममा धेरै दक्ष जनशक्ति उत्पादन गरी उनिहरूलाई आत्मनिर्भर बनाएको छ भने धेरैलाई सीप सीकाएर जीवनयापनमा सहजता प्रदान गरेको छ ।
एकबिहानै बादलुको पर्दा खोलेर किरणको जुलुस अनुपम स्वर्णीम शुभकामना बोकेर हर्ष , उल्लास , उमङ्गका योजनाहरू बोकेर भाईचराको भावनाले अबरोहको यात्रामा ‘ सेवा नै ठुलो धर्म हो ‘ भन्ने ठानेर सहजताको मन्ध सुवासमा करोडौं दुरीहरू पार गर्दै गर्दा कुनैपनि सवारी साधनमा बाधाव्यधान र दु:ख कष्ट सृजना नहोस् भनि सारथीको भूमिका निर्वाह गर्दै आज ११ औं वसन्त पार गर्दै नविन वर्षमा प्रवेश गरेको छ । विभिन्न समयमा विभिन्न अफर , छुट तथा स्किमहरू ल्याएर ग्राहकहरूलाई सहुलियत होस् , आर्थीक भार नहोस् तथा कम्पनिको आधिकारीक संस्थाहरूमै सवारी साधन सर्भिसीङ्ग , चेकअप साथै मर्मत गर्न प्रोत्साहान गर्दै आएको छ । अहिले यस वार्षीकत्सवको अवसर पारेर विभिन्न छुट , अफर तथा योजनाहरू बनाएको छ ।
ग्राहकहरूलाई कुनै पनि अप्ठारो महसुस नहोस् भनि आजसम्म ग्राहकको साथी बनेर काम गर्दै आएको छ । यहा काम गर्ने कर्मचारीहरूको सेवा लिन आउने ग्राहकहरूले मुक्तकण्ठबाटै प्रशंसा गर्नुहुन्छ । व्यवस्थापक भट्टराईले भन्नुहुन्छ “ हामी निस्वार्थ सेवा भावले दिन रात नभनि – जस्तोसुकै जटिल परीस्थीमा आजसम्म सेवा गर्दै आएका छौ र भोलिका दिनमा अझै सशक्त भएर कमीकमजोरीहरूलाई मध्यनजर गर्दै ग्राहकहरूको भावना अनुरूप काम गर्ने छौ । “ उहाको सोच भनेको कुनैपनि व्यक्तिलाई पैसा दिएर दान गरेर सहयोग गर्ने , सेवा गर्ने भनेको क्षणीक हो तर त्यहि व्यक्तिलाई सीप / तालिम दिएर आत्मनिर्भर बनाएमा उ आफैं जिन्दगीको जुन सुकै मोडमा पनि सजिल्लै जीवनयापन गर्न सक्छ – उ आत्मनिर्भर बन्दछ । एघारौं वार्षीकत्सवको अवसरमा ग्राहक , कर्मचारी तथा सम्पूर्ण शुभचिन्तकहरूलाई विशेष धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो ।
