• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

राज्यले बेवास्ता गरे पनि जनताको सेवामा विचलित भएका छैनौँ : डा. हरिश्चन्द्र न्यौपाने


  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
  • कोभिड–१९ का कारण सरकारले लकडाउन लगाएको एक वर्ष पुग्यो । एक वर्ष पूरा हुँदै गर्दा फेरि कोरोना संक्रमणको दोस्रो लहरले हामीलाई लपेट्ने हो कि भन्ने त्रास बढाएको छ । छिमेकी भारतलगायतका कतिपय देशमा कोरोनाको दोस्रो लहर तीव्ररुपमा फैलिँदै गएको छ । भारतसँग तीनतिर खुल्ला सिमाना जोडिएको कारणले नेपालमा पनि यसको जोखिमको दर उच्च छ ।

    Advertisement

    यो लेख तयार पार्दै गर्दा पछिल्लो २४ घन्टामा नेपालमा ५५९ जनामा कोरोना पुष्टि भएको छ । कुल संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको छ । पछिल्ला केही घनटामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५३ पुगेको छ ।

    सीमावर्ती क्षेत्रमा कोरोना संक्रमणको दर बढेको सूचनाहरु निरन्तररुपमा सञ्चारमाध्यममा आइरहेका छन् । कोरोना संक्रमणबाट विश्वभर १३ करोड ७२ लाखभन्दा बढी मानिसहरु संक्रमित बने भने यो बीचमा २९ लाख ५८ हजार मानिसहरुले ज्यान गुमाए । २४ लाख मानिसहरु अहिले पनि संक्रिय संक्रमित छन् । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार २८ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९६१ जना सक्रिय संक्रमित छन् । नेपालमा पिसीआर परीक्षण हुनेको संख्या २३ लाख १२ हजार ९०१ पुगेको छ । कोरोना संक्रमित मृतकको संख्या ३ हजार ४० पुगेको छ । कोरोनासँग फ्रन्टलाइनमा लड्ने दजनौँ स्वास्थ्यकर्मीले ज्यान गुमाए । गतवर्ष यो समयमा कोरोनाले विश्वव्यापीरूपमा सारा विश्वलाई आक्रान्त पार्न सुरू गरेको थियो । विश्वका दर्जनौँ देशहरुका कोरोनाले उपस्थिति जनाउन थालेको थियो ।

    स्वभाविकरूपमा त्यसबाट भारतसँग तीनतिर खुल्ला सिमाना भएको नेपाल, ठूलो संख्या भारतसहित तेस्रो मूलुकमा रोजगारीका लागि गएका युवापंक्ति भएकोले कोरोनालाई रोक्न सक्ने अवस्था रहेन । सुरूमा त कोरोना ठूलो हाउगुजीजस्तो भयो । नयाँ भाइरस भएकोले यसका बारेमा थोरैमात्रै ज्ञान र अध्ययन भएकोले स्वास्थ्य क्षेत्रसमेत यसबाट त्यति जानकार भएन ।

    अहिले फेरि नयाँ भेरिएन्टको भाइरस फैलिएको भन्ने छ । कोरोना संक्रमितहरू थपिँदै जाने, मृत्युदर उच्च हुँदै जाने, सम्पर्कमा रहेका जतिलाई सर्ने खतरा हुने भएकोले त्रास स्वाभाविक नै थियो । घरमा नै सुरक्षित बस्न सक्ने र रहनेहरु त जोगिन सक्थे होलान् तर हामी स्वास्थ्यकर्मीहरू कोरोना संक्रमितको उपचारबाट भाग्न सक्ने अवस्था छैन ।

    विगतको स्मरण
    गतवर्ष चैत महिनाबाट फैलिएको कोरोनाभाइरसको त्रास अहिले फेरि सुरू भएको छ । विश्वव्यापीरूपमा फैलिएको यो संकटकोविरुद्ध हामीले पहिलोपंक्तिमा उभिएर लड्नुपर्ने र जनताको जीवन जोगाउनुपर्ने ऐतिहासिक काम र दायित्व पक्कै पनि हाम्रो नै थियो ।

    देशभरका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, मेडिकल कलेजहरूविना कुनै गुनासो कोरोनाविरुद्धको लडाईंको ‘मृत्युकुण्ड’मा हेलिन तयार भए । आफूभन्दा पनि पहिला जनतालाई प्राथमिकतामा राखेर काम ग¥यौँ । कोभिडविरुद्ध लड्न सरकारका प्रयासहरु आफ्नै थिए होलान् । त्यसप्रति खासै टिप्पणी छैन । यसबीचमा निजी स्वास्थ्य संस्थामाथिको राज्यको विभेद यसपटक पनि बिर्सनलायक पक्कै बन्यो । निजी स्वास्थ्य संस्थालाई एउटा पिपिई पनि नदिई कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भन्यो सरकारले ।

    तथापि, चुपचाप संकटको बेलामा आफैँले सुरक्षा सामाग्रीहरुको व्यवस्थापन, जोहो गरेर स्वास्थ्यकर्मीहरुको मनोवललाई उच्च बनाउँदै कोरोना संक्रमित जनताको उपचारमा नीजि स्वास्थ्य संस्था पनि अग्रभागमा जुटे । समग्र देशभरिको तथ्यांकलाई नियाल्ने हो भने सरकारी स्वास्थ्य संस्थाकै हाराहारीमा निजी स्वास्थ्य संस्थाहरुले कोरोना संक्रमितको उपचार गरेका छन् ।

    चितवन मेडिकल कलेजले के ग¥यो ?
    कोरोना संक्रमण चितवनमा पनि देखिने जोखिम उच्च भएपछि भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्लाका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूको पहलमा चितवन उद्योग संघको परिसरका भरतपुर कोरोना अस्थायी अस्पताल खोल्ने र त्यसमा सहयोग गर्ने काममा चितवन मेडिकल कलेज अग्रपंक्तिमा देखियो । हामी सबैको उद्धेश्य थियो, कोरोना संक्रमितहरू, सामान्य लक्षण भएकाहरूको उपचार त्यहाँ गर्न सकियोस् ।

    कोभिड र नन्कोभिडका बिरामीहरूलाई छुट्टाएर उपचार गराउँदा त्यसले संक्रमण थप बढाउँदैन भन्ने विश्वास हामीलाई थियो । चितवन मेडिकल कलेजका तर्फबाट हामीले २० थान बेड, भेन्टिलेटर सहयोग गरेका थियौं । भरतपुर कोभिड ल्यावमा ४ जना दक्ष प्राविधिकहरू खटाएर सहयोग ग¥यौँ ।

    कोरोनाका गम्भीर बिरामी बढ्दै जाँदा अस्पतालहरूमा नै राख्ने तर अन्य अवस्थाका बिरामीलाई यहीँ नै राखेर उपचार गर्ने मनसाय खासै सफल भएन । अन्ततः हामी आफैँले उपचार नगरी नहुने अवस्था तयार भयो । कलेजले परिसरमा नै ज्वरो क्लिनिकसहित ३ भेन्टिलेटरसहित ५ बेड आइसियू र ७ बेड आइसोलेसन बनायो । त्यहाँ चौबीसैघन्टा स्वास्थ्यकर्मीहरुलाई खटाउने काम भयो ।

    स्वास्थ्य मन्त्रालयले गत साउन ३० गते एक सूचना जारी गर्दै कोरोना पोजेटिभ देखिएका बिरामीलाई सम्बन्धित अस्पतालमा नै राखेर उपचार गर्न निर्देशन दियो तर त्यस अगावै हामीले उपचार थाल्यौँ । यस कलेजले ७५० बेडमध्ये २२० बेड कोरोना संक्रमितको उपचारका लागि छुट्टायो । त्यस मध्ये कोभिड वार्डमा ८४, कोभिड आइसियू ७३ र आइसोलेसन ६३ वेड सञ्चालन ग¥यो । यति धेरै संख्यामा बेड छुट्टाएको सम्भवतः सीएमसी नै पहिलो र ठूलो अस्पताल हो भन्ने हाम्रो दाबी छ ।

    कलेजले पाँच करोड ४० लाख रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधिसहितको ल्याब तयार गरेको हो । एक सिफ्टमा ४०० को दरले दैनिक १२ सय जनासम्मको नमुना परीक्षण गर्न सकिन्छ ।
    क) कोभिडल्याब ः चितवनमा कोरोना परीक्षण गर्न सरकारी तवरबाट खुलेको भरतपुर कोभिड ल्याब मात्रै थियो । त्यहाँ स्वाबका नमूनाहरु थुप्रिने अवस्था थियो । एक सातासम्म पनि परीक्षण रिर्पोट नआउने, विभिन्न १२÷१४ जिल्लाबाट नमूनाहरु ल्याउने हुँदा निकै समस्या परिरहेको सन्र्दभमा सरकारले नीजि प्रयोगशालामा पनि कोरोना परीक्षण गराउने नीति लियो । सोही अनुसार चितवन मेडिकल कलेज भरतपुरले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर परीक्षण गर्ने अनुमति पायो ।

    भरतपुर महानगरपालिका ५ कैलाशनगरमा खोलिएको कोरोना परीक्षण ल्यावबाट हालसम्म ३१ हजार ४ सय १५ जनाको कोरोना परीक्षण भैसकेको छ । ती मध्ये ६ हजार ४ सय ४४ जनामा संक्रमण पुष्टि भयो । कलेजले पाँच करोड चालिस लाखको लगानीमा अत्याधुनिक प्रविधिसहितको ल्याव तयार गरेको हो । एक सिफ्टमा चार सय जनाको दरले दैनिक १२ सय जनासम्मको नमूना परीक्षण गर्न सकिन्छ ।

    यसले चितवनमा कोरोना परीक्षणको नमूना दिएका व्यक्तिहरुलाई नतिजाका लागि १ सातासम्म कुर्नपर्ने बाध्यताको अन्त्य मात्रैं भएन, परीक्षणको दायरालाई फराकिलो बनाउन मद्दतसमेत पुग्यो । साथै कोरोना भए नभएको यकिन गर्न एन्टिजेन परीक्षणको समेत व्यवस्था हामीले मिलायौं ।

    ख) विभिन्न स्थानीयतहका अस्पतालहरुलाई सहयोग ः लक्षण नदेखिएको कोरोना संक्रमित तथा आइसोलेसनमा राख्न आवश्यक बेडहरु हामीले जिल्लाका विभिन्न स्थानीय तहलाई सहयोग ग¥यौंँ । माडी नगरपालिकालाई १० वेड, भरतपुर महानगरपालिका वडा नंं ५ मा क्वारेन्टाइन बनाउन १० वेड सहयोग ग¥यौँ ।

    चितवन मेडिकल कलेज सबैभन्दा बढि कोरोना संक्रमितहरूको उपचार गराउने अस्पताल बनेको छ । यस कलेजले यो अवधिमा एक हजार पाँचजना संक्रमितको उपचार ग¥यो । त्यसमा ५३९ जना पुरुष र ४६६ जना महिला रहेका थिए।

    एक हजार पाँचजना कोरोना संक्रमितको उपचार

    चितवन मेडिकल कलेज सबैभन्दा बढि कोरोना संक्रमितहरूको उपचार गराउने अस्पताल बनेको छ । यस कलेजले यो अवधिमा एक हजार पाँचजना संक्रमितको उपचार ग¥यो । त्यसमा ५३९ जना पुरुष र ४६६ जना महिला रहेका थिए।

    सबैभन्दा धेरै ९३ जना गम्भीर प्रकृतिका कोरोना संक्रमितले चितवन मेडिकल कलेजमा नै उपचार सेवा लिए । कोभिडकै बीच पनि हाम्रो कलेजका कुनै पनि सेवा रोकिएनन् । संक्रमित २३ जनाको अप्रेशन भयो । संक्रमितको मुटुमा स्टेन्ट राख्ने कामसमेत भयो । चितवनका मात्रै नभई नवलपरासी, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्साका संक्रमितहरूसमेत उपचारका लागि आए । सामान्य अवस्थामा बिरामी आफ्नोमा तान्न मरिहत्ते गर्ने, अनावश्यक प्रतिस्पर्धा र होडबाजी गर्ने तर संकटका बेलामा बिरामी अन्यत्र पन्छाउनेहरू पनि भेटिए ।

    तर, चितवन मेडिकल कलेजले कहिल्यै पनि संक्रमित बिरामीलाई न त विभेद ग¥यो न त उपचार नगरी कसैलाई फर्कायो । हामीले सबैको उपचार ग¥यौं । अन्य अस्पतालमा काम गर्ने चिकित्सकहरु, जिल्लाका नेता, व्यापारीहरू, प्रतिष्ठित व्यक्तिहरुले समेत यसकलेजको उपचारप्रति विश्वास गरेर उपचार गराउनुभयो । उहाँहरू सबैले हामीलाई देखाउनु भएको माया र विश्वासप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।

    सबैभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित :

    कोरोना कहरबाट सबैभन्दा बढि चितवन मेडिकल कलेज र यहाँकाम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमित बने । आफ्नो घर, परिवारबाट समेत टाढा भएर बिरामीको उपचारमा खटिने क्रममा ३ सय १२ जना स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोना संक्रमित भए ।

    अस्पतालले आफ्ना कुनै पनि सेवा कोभिडलाई कारण देखाएर रोकेन । कुनै पनि बिरामीले उपचार गराउन पाउनुपर्छ भन्नेमा हामी दृढ थियौ । एकताका यस्तो अवस्था आयो कि अस्पतालका सिनियर चिकित्सक तथा नर्सहरु सबैजसो संक्रमित बने । अब कसरी सेवा सञ्चालन गर्ने भन्ने चुनौतीसमेत खडा भयो ।

    संक्रमितहरूको व्यवस्थापन आफैमा चुनौतीपूर्ण थियो । अस्पतालका भित्ताभित्तामा संक्रमण छ जस्तो अनुभूति हुन्थ्यो । यस्तो अवस्थाका बीच आफ्नो जिम्मेवारीबाट कोही पनि, कहिल्यै पनि पछाडि नहटेर दृढतापूर्वक बिरामीको ज्यान जोगाउने महाअभियानमा हेलिन तयार भयौँ । राज्यका तर्फबाट कसैले पनि केही पाएको छैन । आशा पनि छैन । कोरोना जोखिम भत्ता अस्पतालले आफ्नो ढंगले जति सक्यो त्यति दियो तर राज्यकातर्फबाट यहाँ पनि विभेद भयो ।

    कोरोना महामारीमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई कलेजका तर्फबाट म स्यालुट र सम्मान गर्न चाहन्छु । उहाँहरूसँग कलेज प्रशासन सधैँ ऋणी रहनेछ ।

    खेद्ने कहिलेसम्म ?

    बिरामीका लागि सबैभन्दा ठूलो कुरा ज्यान जोगाउनु हो । पैसा छ तर उपचार गर्ने भरपर्दो ठाँउ छैन भने पैसा हुनु र नहुनुको अर्थ के हुन्छ ? कोभिडको बेला चितवन मेडिकल कलेज हुँदैनथ्यो भने अनुमान गर्नुस् त कति मान्छेले अकालमा ज्यान गुमाउने थिए ।
    चितवन मेडिकल कलेज देशभित्रका स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने उद्देश्यका साथ स्थापना गरिएको हो । ७५० शैय्याको यस अस्पतालले राजधानी काठमाडौँ बाहिर अतिविशिष्ट सेवा प्रदान गर्दै आएको छ । कलेजले पल्मोनोलोजीक्रिटिकल केयर तथा स्लीप मेडिसिन, कार्डियोलोजी मुटुको सर्जरी, न्यूरो सर्जरी, ग्यास्ट्रोइन्टेरोलोजी, यूरोलोजी, ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी, प्लाष्टिक सर्जरी, हेपाटोबेलिरी तथा पेन्क्रियाटाइज, इन्डोक्रायनोलोजी, हेपाटोलोजी तथा लिभर प्रत्यारोपण, बाल सघन पेड्रियाट्रिक्स इन्टेन्सीभिस्ट, डायलाइसिस्, स्पेक्टसिटिजस्ता अतिविशिष्ट सेवा उपलब्ध गराउँदै आएको छ ।

    उपचारका लागि राजधानी जानुपर्ने बाध्यताको अन्त्यका लागि करोडौंको लगानीमा खोलिएको यस कलेजको योगदानलाई सधै नजरअन्दाज गर्ने गरेको पाउँदा दुःख लाग्छ । स्वास्थ्य शिक्षा पढ्नका लागि करोडौ रकम विदेशीने अवस्थालाई रोक्न स्वदेशी लगानीमा बनेका मेडिकल कलेजको योगदान छैन ? एक त स्वदेश छाडेर विदेशमा पढ्न जानुपर्ने अर्कोतिर करोडौं रकम विदेशीने अवस्थामा कमि ल्याउन के हामीले योगदान दिएका छैनौं ?

    राज्यले तोकि दिएको शुल्क लिएर पढाउँदा अनेक आन्दोलन, धम्की र त्रासबाट गुज्रिनुपरेको छ । पछिल्ला बर्षहरूमा बदनाम गराउने, हुर्मत लिने, माफियाको पगरी गुथाउने काम भए । मेडिकल शिक्षा र शुल्कसम्बन्धी जुनसुकै कुरा आउँदा पनि चितवन मेडिकल कलेजलाई मुछ्ने, कलेजको तस्बिरलाई प्रयोग गर्ने, अनावश्यकरुपमा जोड्ने र बदनाम गराउने काम यो बीचमा भए ।

    स्वदेशी लगानी र माटोमा उभिएर नेपाली जनताको माया र विश्वास बटुल्दै अगाडि बढेको यस कलेजको योगदानलाई सधै नजरअन्दाज गर्ने गरिएको छ । प्रेरणा र हौसला प्रदान गर्नु त कता हो कता उल्टै आरोपित गर्ने, बदनाम गर्ने कलेजको अस्तित्वलाई नै समाप्त बनाउने हिसावले गतिविधी गर्दा दुःख पक्कै पनि लाग्छ ।

    राज्यलाई संकट पर्दा समस्या पर्दा सतिशालजस्तैं उभिने नाफा घाटा नहेर्ने हामीजस्ता स्वास्थ्य संस्थालाई राज्यले केही दिएको छैन । २०७२ सालको भूकम्प आउँदा चितवन र यस वरपरका जिल्लाबाट आएका सयौँ बिरामीको उपचार र उनीका आफन्तलाई खाना खुवाउने व्यवस्था हामीले मिलायौँ । राज्यले निःशुल्क उपचार गर्न भन्यो ।

    हामीले ग¥यौँ तर पछि उपचारको रकम भुक्तानीमा गर्दा अहिलेसम्म एक सुको रकम दिएको छैन । कोरोना महामारीको बेलामा आफैँ संक्रमित बनेर बिरामीको उपचारमा लाग्ने हामीलाई कसले पो सहयोग गरेको छ र ? भरतपुर महानगरपालिकाले केही थान पिपिईबाहेक अन्य सहयोग केही पाइएन । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्न भन्यो हामीले ग¥यौँ तर अहिलेसम्म रकम दिएको छैन । भूकम्पको जस्तैं सायद हुने होला ।

    बिरामीका लागि सबैभन्दा ठूलो कुरा ज्यान जोगाउनु हो । पैसा छ तर उपचार गर्ने भरपर्दो ठाँउ छैन भने पैसा हुनु र नहुनुको अर्थ के हुन्छ ? कोभिडको बेला चितवन मेडिकल कलेज हुँदैनथ्यो भने अनुमान गर्नुस् त कति मान्छेले अकालमा ज्यान गुमाउने थिए । केही व्यक्तिहरुले अस्पतालमा नै उपचारको क्रममा पनि ज्यान गुमाउनु भएको छ । म उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहान्छु ।

    प्रविधि, पद्धती र उपचार गर्ने दक्ष जनशक्तिका हिसावले कुनै पनि कमी हुन नदिँदा पनि बचाउन सकिएन । मृत्युलाई नजिकबाट स्पर्श गरेर नयाँ जीवन कयौं त्यस्ता व्यक्तिहरुलाई एकपटक सोध्नुस् चितवन मेडिकल कलेजले कोभिडका बेलामा कस्तो उपचार दियो भनेर ।

    भरतपुर सरकारी अस्पताल र अन्य नीजि अस्पतालले मात्रै यति धेरै गम्भिर प्रकृतिका कोभिडका बिरामीको उपचार गर्न सक्थे त ? पक्कै पनि सक्ने अवस्था नै थिएन । यदि चितवन मेडिकल कलेज नभएको भए सडकमा नै ज्यान गुमाउनुपर्ने अवस्था आउने थियो । कोभिडका बिरामी देखेपछि वरपर नै नपर्ने त्यो समयमा आगोको भुग्रोमाथि हाम्फालेर बिरामी जोगाएका छौं । तर,यसको कदर त कसैले गर्दैन केही हुँदैन । धारे हातलगाएर लुटेरा, माफिया भन्दा कसको चित्त दुख्दैन ?

    कोभिडका बेलामा जताततै संकटपर्दा एक जनापनि स्वास्थ्यकर्मी कर्मचारीलाई जागिरबाट निकाल्ने, हातधूने अवस्था आउन दिएनौं । सबैलाई उर्जाका साथ काममा लगाउन सक्यौँ । यति लामो राजमार्ग र सहायकमार्गहरुमा हुने सवारी दुर्घटनाका गम्भिर घाइतेहरूको उपचार गरेर हामी कयौं जीवनहरू बचाएका छौ । परिवारमा खुसी दिलाएका छौं । हाम्रो धर्म र कर्म यहीँ नै हो ।

    कुनै तक्मा वा सम्मानको अपेक्षा हामीले राखेका छैनौँ । यति हो राज्य सबैको अभिभावक बनोस् । बन्नुपर्छ । चितवन मेडिकल कलेज चितवनवासी जनताको, देशको नै एक साझा सम्पत्ति हो । जनताको स्वास्थ्य उपचारमा चितवन मेडिकल कलेजले पक्कै पनि सानो भए पनि योगदान गरेको छ । संकटका बेला, समस्याका बेलामा कहिल्यै पछाडि हटेको छैन । हट्ने पनि छैनौ । वार्षिक करोडौँ रकम बराबरको निःशुल्क उपचार गरेका छौं । रकम नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छैन ।

    दक्ष चिकित्सकसहित अतिविशिष्ट सेवा सोहीअनुसारका उपकरण र प्रविधिलाई भित्राएर अहोरात्र उपचारमा खटेका छौं । हाम्रो यो अभियान निरन्तर जारी रहनेछ । उपचार पद्धतीमा उच्चस्तरीय प्रविधीको प्रयोगलाई आत्म साथगर्दै उपचारमा नागरिकहरुको पहुँचलाई सहज बनाउने, विश्वास जित्ने र संकट एवम् समस्यामा परेका नेपाली जनताको ओठमा परिवारमा खुसी फर्काउने प्रयासमा हामी निरन्तर लागिरहेका छौँ ।

    (लेखक डा. न्यौपाने चितवन मेडिकल कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक हुन् ।)

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शब ब्यवस्थापनमा स्वयंसेवकको रुपमा खटिदा गर्दा जे देखेँ र भोगेँ, त्यो जीवनभर बिर्सन सक्दिनँ।
    Vijay Subedi
    राजनीतिमा विरलै भेटिने म्यानेजर : विजय सुवेदी
    ६५५ मत पाएका ऋषि धमलाको चुनावी खर्च १२ लाख ६५ हजार
    समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?
    बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा
    काँग्रेसका १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यको निर्वाचन हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.