• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
सोमबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी


  •   बुधबार, साउन १३, २०७८ मा प्रकाशित
  • चितवन । बहुउपयोगी चिउरीका बिरुवा संरक्षण हुन नसक्दा यहाँका किसानले पर्याप्त मात्रामा मह उत्पादन गर्न सकिरहेका छैनन् ।

    Advertisement

    चितवनको कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का सामुदायिक वनमा चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आएको हो । कालिका–११ का वडाध्यक्ष कृष्णबहादुर प्रजा पशुचौपाया छाडा छोड्दा, डढेलो लगाउँदा तथा बर्सेनि आउने बाढीपहिराका कारण चिउरीका बोटबिरुवाको संरक्षण हुन नसकेको बताउनुहुन्छ ।

    “डिभिजन वन कार्यालय, मौरीपालन विकास कार्यालयले चिउरीको बिरुवा उपलब्ध गराएको छ”, वडाध्यक्ष प्रजाले भन्नुभयो, “ती बिरुवा रोपिए पनि संरक्षण हुनसकेको छैन, जसका कारण मह उत्पादनमा समेत असर परेको छ ।” उहाँका अनुसार कालिका–११ मा करिब चार हजार चिउरीका बिरुवा छन् तर संरक्षण हुन नसक्दा बिरुवाको सङ्ख्या घट्दै गइरहेको छ । बिरुवाको संरक्षण गर्न सम्बन्धित निकायले चासो नदिँदा चिउरी संरक्षणमा असर परिरहेको उहाँ बताउनुहुन्छ ।

    वडा नं ११ को चित्राम सामुदायिक वन र इन्द्रेणी सामुदायिक वनमा चिउरी पाइन्छ । स्थानीयवासी ज्ञानीमाया चेपाङले धेरथोर चिउरी रोप्ने काम भए पनि संरक्षण हुन नसक्दा मौरीपालन व्यवसाय फस्टाउन नसकेको बताउनुहुन्छ । “चेपाङ समुदायमा अझै पनि चिउरीको महत्व र यसका फाइदा बुझाउन सकिएको छैन, चेतना अभावका कारण पनि चिउरीको संरक्षण हुनसकेको छैन”, उहाँले भन्नुभयो, “चिउरीको फल सुकाएर तेल निकालिएको छ, यसको फल खाएर स्वस्थ जीवन जिउन पाइएको छ, यसको घाँसबाट गाई, भैँसी, बाख्रा पालिएको छ । यस्तो बहुउपयोगी फलको संरक्षणमा चासो कम भइरहेको छ ।” कालिका–१० का वडाध्यक्ष दिलबहादुर गुरुङ चिउरीको पकेट क्षेत्र छुट्याएर तारबार गरी नेट जाली हालेर संरक्षण गर्न सकिने बताउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “चिउरीको संरक्षण नहुँदा मह उत्पादनमा कमी आएको छ ।” वडा नं १० को बटौली सामुदायिक वन, देउजर सामुदायिक वन र निधाटार सामुदायिक वनमा चिउरीको बिरुवा पाइन्छ । उहाँका अनुसार एउटा चिउरीको बिरुवालाई कम्तीमा पाँच वर्ष संरक्षण गर्नुपर्छ । कम्तीमा १२ वर्षमा बल्ल चिउरी फल्न र फुल्न थाल्छ । उहाँले भन्नुभयो, “चिउरी रोपेको १५ वर्षपछि बल्ल यसको फाइदा लिन सकिन्छ, तर दुई/तीन वर्षमै चिउरी मासिएको छ ।” विगतका वर्षमा कालिका नगरपालिका, डिभिजन वन कार्यालय चितवन, मौरीपालन विकास कार्यालय भण्डाराले चिउरी रोपनको कार्यक्रम चलाएका थिए तर पनि चिउरीको संरक्षण हुन सकिरहेको छैन ।

    चितवनको मौरीपालन विकास कार्यालय भण्डाराले नगरपालिकाका पहाडी वडाहरुमा वर्षको एक हजारको हाराहारीमा चिउरीको बिरुवा पठाइरहेको छ । कार्यालय प्रमुख बाबुराम पन्तले यस वर्ष पनि एक हजारको हाराहारीमा चिउरीका बिरुवा पठाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवाको संरक्षणमा सम्बन्धित पालिका र डिभिजन वन कार्यालयले चासो दिनुप¥यो, चिउरीको बिरुवा संरक्षण नहुँदा भने जति मह उत्पादन हुनसकिरहेको छैन ।” नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिव शर्मा पौडेलले चिउरी जोगाउन सके चितवनको चिउरीको मह नेपालमा मात्र होइन, विश्वमै ख्याति कमाउन सक्ने बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “चिउरीको फूल चुसेर मौरीले निकालेको मह स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ, तर चिउरीको संरक्षण हुन नसक्दा मह उत्पादनमा कमी आइरहेको छ ।” उहाँका अनुसार चिउरी फुलेको समयमा सो क्षेत्रमा झण्डै १०० मौरी किसान मौरीका घार लिएर पुग्छन् । “चितवनमा विसं २०७५ मा ८०० मेट्रिक टन मह उत्पादन भएकामा २०७६ मा घटेर ५०० मेट्रिक टन भएको छ ।

    वि सं २०७७ मा ३०० मेट्रिक टन मह उत्पादन भएको थियो”, उहाँले भन्नुभयो । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले कालिकाका पहाडी वडाहरुका लागि यस वर्ष ४०० को हाराहारीमा चिउरीका बिरुवा वितरण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ठाउँमा तत्काल तारबार लगाउन नसके पनि केही भागलाई चिउरीको पकेट क्षेत्र बनाउने र नेटजालीसहितको तारबारको व्यवस्था गर्न सके कमसेकम पशुचौपायाबाट चिउरीका बिरुवालाई जोगाउन सकिन्थ्यो ।” (रासस)

    बुधबार, साउन १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.