• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालनमा


  •   शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
  • लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गर्नुभएको हो ।

    Advertisement

    उहाँले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गर्नुभएको हो । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गर्नुभएकी सिलवालले अहिले १५० गाई पाल्नुभएको छ । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गर्नुभएकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाउनुभएको छ ।

    तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिनुभयो । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाईपालनमा जग्गासहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमिन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उहाँको भनाइ छ ।

    सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खाैली पेशा पण्डित्याइँमा व्यस्त रहनुहुन्थ्यो । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खाैली पेशा पण्डित्याइँ छाडेर गाईपालनमा लागेको र पण्डित्याइँ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उहाँको भनाइ छ ।

    गाईपालन शुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताउनुभयो । फार्मलाई व्यवस्थापन गर्ने, हेरचाह गर्नेलगायतका काममा आफूले आफ्ना परिवार र आफन्तको साथ पाएको उहाँको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफू खुशी भएको उहाँले बताउनुभयो ।

    फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उहाँले जानकारी दिनुभयो । “बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्नुहुन्छ”, सिलवालले भन्नुभयो, “शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउनुहुन्छ ।”

    अठार बिघा जमिन कम्पनीले खरीद गरेर त्यही जमिनमा गाईलाई आवश्यक पर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यक पर्ने साइजेल नामक पौष्टिक आहारसमेत आफूहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताउनुभयो । गाईका लागि दैनिक करीब चार हजार २०० किलो साइलेज दाना खपत हुने गरेको छ ।

    कम्पनीले उत्पादन गरेको साइलेज करिब ८५ टन बाहिरसमेत पठाउने गरिएको सिलवालले बताउनुभयो । हाल फार्ममा उत्पादन भएको जैविक मल पाँच टन फार्म बाहिरका नागरिकलाई दिने गरिएको उहाँको भनाइ छ । अठार बिघा जमिन क्षेत्रभित्र गाई फार्म, घाँस उत्पादन, साइलेज दाना उत्पादन, ग्यास प्लान्ट र गोबर ग्यास उद्योगसमेत सञ्चालनको तयारी अवस्थामा छ ।

    एक हजार गाई पाल्ने योजनाका साथ शुरु गरिएको सो अभियानले अहिले १५ जनालाई रोजगारीसमेत दिएको छ । विभिन्न छ प्रजातिका गाई पालिएको फार्ममा एउटा गाईले १० लिटरदेखि २५ लिटरसम्म एकपटकमा दुध दिने गरेको सञ्चालकको भनाइ छ ।

    फार्ममा पालिएका गाई नवलपरासी तथा वीरगञ्जबाट ल्याउने गरिएको र होल्स्टेन, जर्सी, जर्सी क्रस, साइवाल, गिर तथा हरियाणालगायतका प्रजातिका गाई हाल फार्ममा रहेका सञ्चालकले बताएका छन् । फार्ममा पशु सेवा प्राविधिकको समेत व्यवस्था गरिएको सञ्चालक सिलवालले बताउनुभयो । फार्ममा दुई जनासहित पशु सेवा प्राविधिक २४सैँ घण्टा रहने गरेका छन् ।

    अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फाराम भरे पनि अहिलेसम्म कोही पनि अनुगमन तथा निरीक्षणका लागि नआएको उहाँले बताउनुभयो । गाईबाट कम्पोष्ट मल बनाउने र ग्यास प्लान्ट निर्माण गर्ने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँ अहिले दूधबाट मासिक करिब रु १० लाख ५० हजार रकम सङ्कलन गर्नुहुन्छ । सिलवालले विसं २०६८ देखि गाई फार्म शुरु गर्नुभएको थियो । अन्तरराष्ट्रिय मोडलमा शुरु गरिएको गाई फार्म थप व्यवस्थित पार्दै अन्य गाई फार्मको तुलनामा फरक र व्यवस्थित बनाउँदै लैजाने तयारी गरेको सिलवालले बताउनुभयो ।

    हाल उन्नत जातका गाई पालिएको भए पनि अबका केही समयपछि लोकल प्रजातिका गाई पनि पाल्ने उहाँको योजना छ । गाईपालन र गोठ सुधारका लागि सिलवालले दुई पशु सेवा प्राविधिक राखेर गाईको हेरचाह गर्ने गरेका छन् । आफ्नै गाईले जन्माएका बाच्छीबाट नै भोलिका दिनमा गाई फामलाई थप व्यवस्थित पार्दै लैजाने योजना रहेको सञ्चालक सिलवालले बताउनुभयो ।

    शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.