• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सेयर सम्बन्धी आवस्यक जानकारीहरु ,कसरी कमाउने नाफा ?

  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
  • भविष्यमा मूल्य बढ्ने कम्पनीको सेयर किन्ने चाहना सबैको हुन्छ । मूल्य बढ्छ कि बढ्दैन भन्ने कसरी थाहा पाउने ? भविष्यको घटना कसैले पनि देख्न सक्ने कुरा भएन । यसका लागि अनुमान नै गर्नुपर्छ । अनुमान केका आधारमा गर्ने ?

    Advertisement

    सेयरको मूल्यको अनुमान गर्न फन्डामेन्टल र टेक्निकल दुई रिसर्च विधि हुन्छन् । फन्डामेन्टल भनेको भविष्यमा दिने प्रतिफल (लाभांश वा बोनस सेयर) को पूर्वानुमान हो । टेक्निकल भनेको भविष्यमा कम्पनीको सेयर मूल्यमा हुने वृद्धिको पूर्वानुमान हो ।

    फन्डामेन्टल एनालाइसिस
    कम्पनीले अहिलेसम्म कति प्रतिफल दिँदै आएको छ ? कम्पनीको वित्तीय अवस्था कति सबल छ ? कम्पनीको बिजनेस प्लान के–कस्तो छ ? कम्पनीका सञ्चालक, मुख्य प्रमोटर के–कस्ता छन् ? कम्पनीले उत्पादन गर्ने वस्तु सेवाको माग बजारमा कस्तो होला ? यो सबै थाहा पाउन कम्पनीको आन्तरिक प्रकाशित तथ्यांक सूचना अध्ययन गर्नुपर्छ । सञ्चालक प्रमोटरको व्यक्तित्व विश्लेषण गर्नुपर्छ ।

    बाह्य वातावरण पनि विश्लेषण गर्नुपर्छ । उदाहरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा काम गर्ने कम्पनी हो भने भविष्य राम्रो छ भन्ने अनुमान लगाउन सकिन्छ । किनकि अबको विश्व त्यस्तैतिर लाग्दै छ । प्लास्टिक उत्पादन गर्ने कम्पनी हो भने भविष्य राम्रो छैन भन्ने अनुमान लगाउन सकिन्छ । किनकि प्लास्टिक हानिकारक भएकाले हटाउने अभियान विश्वभरि छ ।

    कम्पनीको प्रतिसेयर आम्दानी (प्रतिसेयर खुद मुनाफा) १५ रुपैयाँभन्दा बढी, नेटवर्थ (सेयर र रिजर्भको जोड) १ सय रुपैयाँभन्दा बढी, रिटर्न अन इक्युटी (नेटवर्थको तुलनामा खुद मुनाफा) १० प्रतिशतभन्दा बढी, पीई रेसियो (सेयर मूल्य र प्रतिसेयर आम्दानीको अनुपात) १५ भन्दा कम, पीबी रेसियो (सेयर मूल्य र बुक भ्यालुको अनुपात) ३ भन्दा कम, बिटा (समूहको औसत सेयर मूल्यसँग अन्तर) शून्यभन्दा कम हुनु राम्रो हो ।

    त्यस्तै, पीएस अनुपात (सेयर मूल्य र कम्पनीको आम्दानी रकम अनुपात) २ भन्दा कम, डिभिडेन्ट पेआउट रेसियो (खुद नाफा र लाभांशको अनुपात) ८० प्रतिशतभन्दा कम, डिभिडेन्ट इल्ड रेसियो (सेयर मूल्य र लाभांशको अनुपात) ६ प्रतिशतभन्दा बढी, पीईजी रेसियो (पीई र ईपीएसको अनुपात) १ भन्दा कम भएको राम्रो मानिन्छ ।

    टेक्निकल एनालाइसिस
    टेक्निकल एनालाइसिस गर्न विगतदेखि कम्पनीको सेयर मूल्य मात्र हेरे पुग्छ । कहिले कति माथि पुगेको थियो ? कहिले कति तल झरेको थियो ? अहिले कसरी हिँडिरहेको छ ? सेयरको मूल्य के–कसरी घट्दै गएको छ वा के–कसरी बढ्दै गएको छ भन्ने आधारमा टेक्निकल एनालाइसिस गर्नेले यो अझै घट्छ वा अझै बढ्छ भन्ने अनुमान गर्छन् ।

    यिनीहरू फन्डामेन्टलभन्दा एक कदम पछाडि हुन्छन् । मूल्य बढ्न वा घट्न फन्डामेन्टल एनालाइसिसका आधारमा सुरु हुन्छ । टेक्निकल एनालाइसिसको काम जतिसक्दो छिटो त्यसबारे संकेत प्राप्त गर्ने हो ।

    फन्डामेन्टल एनालाइसिस गर्नेहरूले कुनै कम्पनीको भविष्य राम्रो छ भन्ने निष्कर्ष निकाले भने सेयर किन्न थाल्छन् । अनि सेयरको मूल्य बढ्न थाल्छ । त्यसैगरी कम्पनीको प्रतिफल घट्दै छ भन्ने अनुमान गरे भने सेयर बिक्री गर्न थाल्छन् र मूल्य घट्न थाल्छ ।

    टेक्निकल एनालाइसिस गणित हो, विज्ञान हो, मेसिन हो । यसमा जस्तो इन्पुट दिइन्छ, त्यहीअनुसार आउटपुट दिन्छ । कहिलेदेखि कहिलेको डाटा हाल्ने र कुन कुन ग्राफ बनाउने मान्छेले निधो गर्ने हो । कुन रिजल्टको अर्थ के हो ? मान्छेले थाहा पाउने हो । इन्पुट कति सान्दर्भिक राखिन्छ, कुन विधि रोजिन्छ, रिजल्टको कति सही अर्थ लगाउन सकिन्छ ? त्यसैले केही व्यक्तिले भरपर्दो टेक्निकल विश्लेषण गर्न सक्छन् भने केहीले कम भरपर्दो विश्लेषण गर्न सक्छन् ।

    टेक्निकल एनालाइसिसअन्तर्गत ट्रेन्ड लाइन, सपोर्ट एन्ड रेसिस्टेन्ट लेभल, मुभिङ एभरेज, ट्रेडिङ भोलुम, चार्ट प्यार्टन, क्यान्डल स्टिक, फ्र्याक्टल्स आदि हेरिन्छ । यसका आधारमा किन्ने र बेच्ने बिन्दुहरू निर्धारण गरिन्छ । टेक्निकल एनालाइसिस ट्रेडिङ गर्नका लागि उपयोगी हुन्छ । यसका आधारमा छोटो समयमा किनबेच गरिन्छ ।

    एकाउन्टिङ फ्रड
    कम्पनीको जिम्मेवार पदमा बसेका व्यक्तिहरूले हिसाबकिताब बिगारेर कम्पनीको परफरमेन्सलाई अवास्तविक बनाउन सक्छन् । उनीहरूले आफू निकट मानिसहरूको नाममा उल्लेख्य मात्रामा सेयर खरिद गराउँछन् । कम्पनीको हिसाबमा कृत्रिम नाफा देखाउन सक्छन् । त्यो नाफा प्रकाशित भएपछि सेयरको मूल्य बढ्छ । अनि फ्रड गर्नेहरूले सेयर बिक्री गराएर नाफा कमाउँछन् ।

    इन्साइडर ट्रेडिङ
    कम्पनीका सेयरधनीले प्राप्त गर्ने प्रतिफल वा सेयर मूल्यलाई प्रभाव पार्ने सूचना प्राप्त गर्ने सबैको बराबर हक हुन्छ । कम्पनीले केही सूचना सार्वजनिक गर्ने र केही सीमित व्यक्तिलाई मात्र थाहा दिने गर्न पाउँदैन । कम्पनीमा त्यस्ता सूचना तयार हुनासाथ सार्वजनिक गर्नुपर्ने बाध्यकारी नियम लागू गरिएका हुन्छन् ।

    कम्पनीमा सूचना तयार गर्ने र त्यसमा पहुँच हुने उच्च अधिकारीहरूले सूचना सार्वजनिक गर्नुभन्दा पहिले नै आफ्ना मान्छेलाई लिक गर्न सक्छन् । कम्पनीको परफरमेन्स राम्रो होला वा नराम्रो होला भन्ने आममानिसले अनुमान मात्र गर्न सक्छन् । केही मानिस पहिले सूचना पाएर कारोबार गर्छन् भने उनीहरूको जित निश्चित हुन्छ । यो फलास खेल्दा आफ्नो तास थाहा पाएर ब्लाइन्ड चलेजस्तो हो ।

    भविष्यमा मूल्य बढ्ने कम्पनीको सेयर किन्ने चाहना सबैको हुन्छ । मूल्य बढ्छ कि बढ्दैन भन्ने कसरी थाहा पाउने ? भविष्यको घटना कसैले पनि देख्न सक्ने कुरा भएन । यसका लागि अनुमान नै गर्नुपर्छ । अनुमान केका आधारमा गर्ने ?

    कर्नरिङ
    केही व्यक्तिहरू मिल्ने, धेरै पैसा लगाएर कुनै कम्पनी विशेषको धेरै सेयर किन्ने, बजारमा कारोबार हुने धेरै सेयर आफ्नो नियन्त्रणमा लिएपछि आपसमा मिलेर चाहेअनुसार सेयरको मूल्य बढाउने र बिक्री गर्ने । यसो गर्दा खेलाडीहरू कहिलेकाहीं आफै फस्न पनि सक्छन् । सेयर उठाउँदै जाँदा आफैं महँगोमा पर्न सकिन्छ । जम्मा गरेको सेयर बेच्ने बेला महँगोमै बेच्न नसकिन पनि सक्छ ।

    सर्कुलर ट्रेडिङ
    कुनै कम्पनीको सेयर किन्न साथीभाइ वा समूहलाई लबिङ गर्ने कार्य हो । यसको मूल्य बढ्छ भन्ने हल्ला फैलाएर माग सिर्जना गर्ने हो । क्रमशः सस्तोदेखि महँगोमा आफूहरूले सेयर उठाउने हो । आममानिसले त्यो सेयर पक्रन थालेपछि बढेको मूल्यमा आफूले पहिले किनेको सेयर फाल्दै जाने हो । यसमा पनि मूल्य बढाउन त खेलाडीहरू सफल हुन्छन्, तर बढेको मूल्यमा बेच्न सफल हुन्छन् नै भन्न सकिन्न ।

    पम्प एन्ड डम्प
    सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नाफा गर्ने गिरोह पनि हुन्छ । आफूसँग भइरहेको सेयर वा नयाँ किन्ने सेयरको मूल्य बढाउन पम्प गरिन्छ । पम्प गरेर बढेको मूल्यमा सेयर डम्प गरिन्छ ।

    पम्प गर्न उनीहरूले कुनै कम्पनी विशेषको सकारात्मक समाचार प्रवाह गराउँछन् । सानो प्रगति भए अतिरञ्जित गर्ने, नभए सुहाउँदो मिल्दो सिर्जना गर्ने वा तथ्यांकलाई अनुकूल व्याख्या गर्ने गर्छन् । केही समय चुपचाप बस्छन् । अरू लगानीकर्ता त्यही कम्पनीको पछि दौडिरहेका हुन्छन् ।

    कम्पनीको सेयर उकालो लागिरहेको बेला पुनः अर्को सकारात्मक समाचार प्रवाह गराउँछन् । त्यसपछि अरू लगानीकर्ता कम्पनीको पछि अझ कुद्छन् । मूल्य ठाडै उकालो लागेका बेला उनीहरूले आफ्नो सेयर बेचेर निस्कन्छन् ।

    फाइदा कसले गर्छ
    फन्डामेन्टल एनालाइसिस गर्न सक्नेले दीर्घकालसम्मै फाइदा गर्ने पक्कापक्कीजस्तै हुन्छ । इन्साइटर ट्रेडिङ गर्नेको पनि फाइदा त सुनिश्चित हुन्छ । तर, यो गैरकानुनी कार्य हो । एकाउन्टिङ फ्रड गर्नेले कमाउन त सक्छन् । तर, यो काम अति जटिल र पत्ता लागेमा ठूलै फन्दामा परिन्छ । कर्नरिङ, सर्कुलर ट्रेडिङ, पम्प एन्ड डम्पमा सफल भए फाइदा हुन्छ । एक त यसलाई पनि गैरकानुनी मान्ने गरिएको छ । अर्को कुरा असफल भए आफैं डुबिन्छ ।
    टेक्निकल एनालाइसिसमा फन्डामेन्टलको मात्रै होइन, गैरकानुनी कारोबारको समेत रिफ्लेक्ट हुन्छ । नाफाका लागि जोखिम लिएर अरूले गैरकानुनी काम गरेका हुन्छन् । टेक्निकल एनालाइसिस गर्नेले त्यसको संकेत पाएर बिना कानुनी जोखिम नाफा कमाउन सक्छन् । त्यसैले राम्रो टेक्निकल एनालाइसिस गर्नेले अल्पकालमै फाइदा गर्न सक्छ ।
    सेयर बजार स्पेकुलेटिभ हुन्छ नै । कसैले फाइदा गर्न कसैले गुमाउनैपर्ने हुन्छ । बजारमा कारोबार गर्ने मानिसहरूमध्ये सूचना र विश्लेषणमा जो कमजोर छन्, उसैले गुमाउने हो । नयाँ नबुझेको लगानीकर्ता ठूलो संख्यामा प्रवेश गरेको बेला पुराना बुझेका लगानीकर्ताले कमाउने मौका पाउँछन् ।

    नयाँले के गर्ने
    युट्युबमा सेयरको फन्डामेन्टल र टेक्निकल एनालाइसिस सर्च गरेर सिक्न सकिन्छ । पढेर, सुनेर जति नै जाने पनि पूर्ण हुँदैन । प्राक्टिस नगरी पोख्त भइँदैन । प्राक्टिस गर्दा केही क्षति हुन्छ नै । त्यसैले गुमे पनि असर नपर्ने गरी थोरै–थोरै पैसा लगानी गरेर सिक्दै जानुपर्छ । बुझेको मानिसले पूरै समय दिएर सँगै राखेर सिकाउँछ भने मात्र पैसा नडुब्न सक्छ ।

    पैसा नहाली डमी भर्चुअल कारोबार गरेर पनि सिक्न भने सकिन्छ । आज मैले यो कम्पनीको यति कित्ता सेयर यति पैसामा किने भनेर मान्ने मात्र । बजार हेर्दै विश्लेषण गर्दै जाने । कुनै दिन यति पैसामा यति पैसाको बेचेँ भन्ने मात्र । यो सबै लिखितमा हिसाब राख्ने । पैसा नलगाए पनि आफ्नो विश्लेषणअनुसार आफू कति फाइदा वा नोक्सानमा गइयो भनेर हेर्ने ।

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२

    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com

    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल

    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.