• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पब्जीमाथि किन प्रतिबन्ध मागियो ?


  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
  • सांसद आशाकुमारी विकले यसै हप्ता पब्जी र फ्रीफायर लगायतका अनलाइन गेमहरू बन्द गर्नुपर्ने सदनमा उठाइन्। नेपालमा विशेषगरी पब्जी खेलमा प्रतिबन्ध लगाइनुपर्ने कुरा उठेको यो पहिलो पटक भने होइन।

    Advertisement

    प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेकी बिकले सरकारले अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउनसक्ने बताइन्।

    नेकपाले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन। केही अभिभावकहरूले यसले बालबालिकामा ”नकारात्मक प्रभाव पारिरहेको” र दूरगामी ”मानसिक प्रभाव पार्न सक्ने” बताउँदै प्रतिबन्धको विषय उठाउने गरेका छन्।

    प्रतिनिधिसभामै विषय उठान गरिएको पब्जी खेल के हो ? यो खेल्न अभ्यस्त प्रयोगकर्ताहरू यसको बारेमा के भन्छन्?

    ‘सामान्य अनलाइन खेल’
    सक्रिय रूपमा पब्जी खेल्नेहरूका अनुसार इन्टरनेटमा विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुनसक्ने थुप्रै खेलहरूमध्ये यो एक खेल हो। पछिल्लो समय नेपालमा व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिएको छ।

    सुरुमा पब्जी समूह रहेका पनि हाल कम्पनीकै रूपमा स्थापित भएका छन्। तिनैमध्ये एक डीआरएस गेमिङका व्यवस्थापन प्रमुख सङ्गीन भट्टराईका अनुसार पब्जी खेलमा एउटा टोलीमा चार जनासम्म खेलाडीहरूले खेल्न पाउँछन्। थप दुई जना सम्मलाई अतिरिक्त खेलाडीका रूपमा राख्न सकिन्छ।

    चर्चित हुनुको कारण के हो?
    अनलाइन खेलहरू धेरै भए पनि मोबाइल प्लेटफर्मबाटै सहजै खेल्न सकिने हुँदा पब्जी अन्य खेलका तुलनामा बढी रुचाइएको हुनसक्ने भट्टराई ठान्छन्।”मोबाइल गेम हो। सबैसँग कम्प्युटरको पहुँच हुँदैन। मोबाइलबाट जहाँ बसेर, जसरी पनि खेल्न सकिन्छ,” उनले भने।

    पब्जी खेलमा सहभागी टोलीमध्ये अन्तिमसम्म रहनेले खेल जित्ने हुन्छ। खेलमा अन्तिमसम्म रहन खेलाडीहरूले विभिन्न रणनीति प्रयोग गर्छन्। एउटा खेलको एउटा म्यापमा एक सय जनासम्म खेल्न सक्छन्। प्रत्येक समूहको लक्ष्य विपक्षीलाई मारेर सकेसम्म लामो समय टिक्ने हो।

    खेलको बीचमा अनलाइनबाटै एक अर्कासँग कुरा पनि गर्न मिल्छ।सामाजिक सञ्जालजस्तै एक अर्कासँग जोडिएर कुराकानी गर्दै आआफ्नै स्थानमा बसेर खेल्न सकिने हुँदा पनि यो खेल चर्चित भएको हुनसक्ने बताइन्छ।

    ”…यो पनि एउटा पाटो हो खेल चर्चित हुनुको। प्रत्यक्ष कुराकानी गर्न मिल्छ,” भट्टराईले भने।कुनै पनि व्यक्तिले मनोरञ्जनका लागि “धेरै मूल्य नपर्ने सामान्य मोबाइल फोनबाट समेत खेल्न सक्ने” उनको भनाइ छ।

    प्रतिस्पर्धात्मक खेलका लागि भने “राम्रो उपकरणको आवश्यकता पर्ने” भट्टराई बताउँछन्।पब्जी एपल र एन्ड्रोइड दुवैमा उपलब्ध छ। कम्प्युटरका लागि भने छुट्टै सफ्टवेयर प्रयोग गर्नुपर्ने हुन्छ। यसलाई प्लेस्टेसनमा पनि खेल्न सकिन्छ।

    व्यावसायिक रूपमा कसरी खेल्न सकिन्छ?
    विश्वका विभिन्न देशहरूमा खेलिने अनलाइन खेलको विस्तार पछिल्ला वर्षहरूमा नेपालमा पनि भइरहेको छ।अझ कोरोनाभाइरस महामारीका कारण शैक्षिक संस्थाहरू बन्द भएको अवस्थामा त यसको विस्तार झन् तीव्र भएको यस्ता कम्पनीमा आबद्ध युवाहरू बताउँछन्।

    व्यावसायिक रूपमा पब्जी खेल्नका लागि खेल्दै जाँदा विकसित हुने क्षमता आवश्यक पर्छ।समूहगत रूपमा खेल्नुपर्ने हुँदा एक अर्कासँग कुराकानी देखि एक अर्कालाई सहयोग गर्ने कुरा महत्त्वपूर्ण हुने भट्टराई बताउँछन्।

    दर्ता भएको चार महिनामा डीआरएसले ४४ हजार अमेरिकी डलर आर्जन गरेको कम्पनीले जनाएको छ। त्यस्तै हालसालै भएको एउटा परोपकारी प्रतिस्पर्धाबाट संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफलाई ‘५४,५०० डलर दिएको’ उनले दाबी गरे।

    हाल नेपाली खेलाडीहरू दक्षिण एशियामा बढी खेल्ने गरेको बताइन्छ।त्यसबाहेक चीन लगायतका अन्य विभिन्न राष्ट्रहरूले पनि प्रतिस्पर्धामा सहभागी हुनका लागि आमन्त्रण आउने गरेको उनीहरू बताउँछन्।

    पाँच जना खेलाडीहरू आफूसँग रहेको बताउने डीआरएसले उनीहरूलाई मासिक रूपमा ४० देखि ५० हजार तलब दिने भट्टराई बताउँछन्।”यो एक जना सामान्य नेपालीको आर्जनभन्दा धेरै हो,” उनले भने।

    नेपालमा हाइलाइट्स गेमिङ, डेराइ गाइज, एलिमेन्ट्रिक्स र ट्रेन्ड टु किल जस्ता समूहहरू अनलाइन गेमिङमा सक्रिय छन्।

    किन लाग्छ यो खेलको बानी?
    पब्जी लगायतका अनलाइन खेलहरूमा बालबालिका तथा किशोरकिशोरीहरू आकर्षित हुनुको एउटा कारण खेलको निर्माण प्रक्रिया पनि रहेको बाल मनोचिकित्सक डा. जया रेग्मी बताउँछिन्।

    “अनलाइन गेममा तत्काल रिवार्ड हुन्छ। छिटोछिटो नयाँ चीजहरू र लेभलहरू आइराखेपछि खेलिरहन मन लाग्ने हुन्छ। यसले एक किसिमको उत्साह दिन्छ,” उनले भनिन्। तर समय मिलाएर र बुझेर खेलेमा अनलाइन खेलले हानि मात्रै नगर्ने उनको भनाइ छ।

    त्यसबाहेक अभिभावकहरूको व्यस्त जीवनशैलीसँगै सन्तानसँग बिताउने समयमा कमी, आफ्ना उमेर समूहका साथीहरूको कमी र घर बाहिर निस्किएर खेल्ने अवस्थामा सीमितता रहेका कारण अनलाइन गेममा आकर्षण बढिरहेको चिकित्सकहरू बताउँछन्।

    प्रतिनिधिसभा बैठकमा विकले कोरोनाभाइरस कहरले थलिएको देशको बालबालिका तथा किशोरकिशोरीमा शिक्षामा परेको असरले समाजमा डरलाग्दो समस्या सृजना भएको बताएकी थिइन्।

    पब्जी र फ्रीफायरजस्तो खेलको लतमा फसेको उनीहरूमा देखिएको डराउने, झस्कने र जिद्दीपनको बानीले अभिभावकमा तनावका कारण निम्तिने रोगहरूको दृश्य भयाभय रहेको उनले टिप्पणी गरेकी थिइन्।

    तर यस विषयमा अभिभावकहरू चिन्तित भए पनि विश्वव्यापी तथ्याङ्कले फरक परिदृश्य देखाउने रेग्मी बताउँछिन्।

    “खेलेर नै हानि हुन्छ भन्ने यकिन तथ्याङ्क छैन। कुनै पनि बानी व्यवहार चाहिनेभन्दा बढी भयो भने त्यसको प्रभाव हुन्छ। उदाहरणका लागि चाहिनेभन्दा बढी सुतेर अरू कुरामा प्रभाव पर्‍यो भने त्यो समस्या भयो,” उनले थपिन।

    डीआरएसमा आबद्ध प्राय खेलाडीहरू २० देखि २५ वर्ष सम्मका रहेको भट्टराई बताउँछन्। ती सबै पुरुष हुन्।उनीहरूले दैनिक छदेखि आठ घण्टासम्म खेल्ने गर्छन्।

    खेलको ‘लत’ लाग्ने भनेर प्रचार गरिएको विषयमा भट्टराई असहमत छन्। बढी समय अनलाइन गेममा बिताउनुमा उनी खेलको भन्दा बढी अरूनै विषय कारक रहेको ठान्छन्।

    “पाँच वर्षका बच्चालाई हातमा मोबाइल फोन थमाउने” अभिभावकहरूको यसमा उत्तिकै दोष रहेको उनको भनाइ छ।

    “२० हजारको फोनदेखि आइफोनसम्म उपलब्ध गराउने त अभिभावनहरू नै हुन् नि। मेरो छोराले खेलिरह्यो भनेर विषय उठान गर्नुभन्दा खेलले समाजमा पारिरहेको प्रभाव हेर्नुपर्‍यो।”

    “मानिसले यसबाट कमाएर जीवन कहाँबाट कहाँ पुर्‍याउन सक्छ हेर्नुपर्‍यो,” भट्टराईले भने। “नकारात्मक कुरा मात्रै नहेरेर सकारात्मक पनि हेर्‍यो भने राम्रो होला। सबै मान्छे डाक्टर वा इन्जिनियर त बन्न सक्दैनन् नि,” उनले थपे।

    राम्रोसँग नियमन गरेर अघि बढाइएको अवस्थामा अनलाइन गेमिङ आफैमा एक किसिमको व्यवसाय या पेसा जसरी फस्टाउने उनी ठान्छन्। “चुरोट रक्सी खाएर तपाईँको घरमा झगडा पर्छ भने कारखाना बन्द गर्ने त होइन नि,” उनले भने।

    सदनमा आफूले विषय उठान गर्नुको कारण पनि यस विषयमा व्यापक विमर्श होस भन्ने रहेको विकले बताइन्। आफ्नै घरमा समेत पब्जी लगायतका खेलबाट समस्या सृजना भएको बताउने उनी संसद्मा विषय उठान गरेपछि धेरै स्थानबाट सकारात्मक प्रतिक्रिया उत्पन्न भएको बताउँछिन्।

    “केही व्यक्तिहरूको आमदानीको स्रोत भयो होला त्यो। तर भर्खरैका बालबालिका र किशोरकिशोरीलाई त प्रभाव पार्छ,” बीबीसीसँग उनले भनिन्।

    “कोठा भित्र बस्ने, रातभरि नसुत्ने, चिच्याउने, कराउने, जितेन भने आक्रोशमा अर्का मान्छे पिट्ने र मानसिक रूपमा विक्षिप्त हुने कारण यस्ता खेलहरूमा नियमन गर्न जरुरी छ।”समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.