काठमाडौं – पूर्वयुवराज पारश शाह फेरि विवादमा आएका छन् । शुक्रबार साँझ हेल्मेट नलगाई महाराजगञ्जमा हिडेका उनलाई ट्राफिक प्रहरी रोक्यो । ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले प्रहरीमाथि नै दुर्व्यवहार गरेका छन् ।
मादक पदार्थ सेवन गरेर हेलमेट नलगाइ हिडेका उनलाई प्रहरीले सोधपुछ गर्दा प्रहरीमाथि नै उनी जाइलागेका हुन् । पूर्वयुवराज शाहलाई प्रहरीले सोधपुछ गर्दाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
उनले ट्राफिक प्रहरीलाई तँ भनेर सम्बोधन गरेका छन् । उनले भिडियोमा निरन्तर जान्न जान्न भनेका छन् । यसअघि पनि पूर्वयुवराज शाह विभिन्न कारणले विवादमा आइरहेका थिए।
