• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • ९. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

न मन्त्रिपरिषद् विस्तार, न न्यूनतम साझा कार्यक्रम


  •   शनिबार, साउन १६, २०७८ मा प्रकाशित
  • काठमाडौं : सत्तारुढ पाँच दलको गठबन्धनमा बनेको सरकारले दुई साता वितिसक्दा समेत न त मन्त्रिपरिषद् विस्तार गर्न सकेको छ न त न्यूनतम साझा कार्यक्रम तय गर्न सकेको छ।

    Advertisement

    गठबन्धन सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन र संवैधानिक नियुक्तीमा पठाउने नाम चयन गर्न कांग्रेसका तीन, माओवादी केन्द्र र जसपाका दुई–दुई जना सदस्य रहेको कार्यदल गठन गरिएको छ। तर सो कार्यदलको बैठकसमेत बस्न सकेको छैन।

    एकातिर मन्त्रिपरिषद् विस्तार गर्न नसकेर आलोचना खेपिरहेको सरकारले अर्कोतिर न्यूनतम साझा कार्यक्रममा समेत उस्तै ढिलाई गरिरहेको छ। कार्यदल सदस्यसमेत रहेका माओवादी नेता देव गुरुङले नेताहरुको व्यस्तताले बैठक बस्न नसकेको बताए।

    ‘कार्यदलमा रहनुभएका साथीहरुको टाइम मिल्नुपर्यो, सबैलाई अनुकुल मिल्नुपर्यो, त्यही तालमेल नमिलेर बैठक बस्न भ्याइएको छैन’, उनले भने,‘पाँच दलीय गठबन्धनको सरकार भएकाले सबैको सहमती र मान्यताको आधारमा बनाउनुपर्यो।’ सबै दलको वैधानिक र कानूनी प्रकृया पुरा गर्नुपर्यो, नेताहरुको बीचमा तयारी हुनेबित्तिकै तुरुन्तै भइहाल्छ।’

    सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिन नपाउँदै र कार्यदलले सरकार सञ्चालनका लागि साझा कार्यक्रम बनाउन नपाउँदै गठबन्धन करिब भत्किसकेको छ। यसबीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरु प्रतिपक्षमा बस्ने बताइसकेका छन्।

    अर्को पक्ष नेकपा एमालेको माधव नेपाल समूहले पनि सरकारमा नजाने बताइसकेको छ। तर कार्यदलमा रहेका माओवादी नेता गुरुङ भने सरकारमा नगए पनि नीतिगत रुपमा जनमोर्चाको पनि सहमती रहने दाबी गर्छन्। त्यसैगरी जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल समूह दलीय वैधानिक कोर्षको प्रक्रियामा रहेकाले दुबै काममा ढिलाई भएको उनले बताए।

    मन्त्रिपरिषद् विस्तारमा भने कुनै समस्या नरहेकाे उनले दाबी गरे। ‘अरु तयारी हुनेबित्तिकै त मन्त्रीको कुनै गाह्रो हुँदैन, कोटा बाँडफाँड गर्ने अनि सम्वन्धित दलले सिफारिस गर्ने त हो नि’ उनले थाहाखबरसँग भने।

    नेपाल समूह दुबैतिर

    गुरुङले एमालेको नेपाल समूहलगायतका कारण मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रम तय हुन नसकेको बताए पनि माधव नेपाल समूहले भने त्यसको खण्डन गरेको छ। नेपाल समूहका नेता विरोध खतिवडाले सरकारमा नजाने ठोकुवा गरेका छन्।

    अरु दलका नेताहरुले त तपाइहरुका कारण रोकिरहेको छ भन्छन् नि ? भन्ने प्रश्नमा उनले रोकिएको भए फुकुवा भैगाे नि भन्ने जवाफ दिए। सरकारमा जान्नौ भन्ने अनि गठबन्धनको बैठकमा सहभागी भइराख्ने अर्कोतिर पार्टी एकताको गीत गाउन पनि नछोड्ने ? भन्ने प्रश्नमा नेता खतिवडाले भने, ‘हामीले नै बनाएको गठबन्धन हो, पार्टी एकता टुंगियो भने गठबन्धन टुट्छ, पार्टी एकता टुंगिएन भने गठबन्धन निरन्तर हुन्छ ।’

    शनिबार, साउन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.