चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको परिषरमा आज बृक्षारोपण कार्यक्रम गरिएको छ । कार्यालयले बृक्षारोपणको अवसर पारेर विभिन्न प्रजातिका १६० वटा विरुवा रोपिएको जानकारी दिएको छ ।
बृक्षारोपण कार्यक्रमको शुभारम्भ कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीबाट भएको थियो । बृक्षारोपण कार्यले वातावरणमा अनुकुल प्रभाव पार्ने बताईएको थियो ।
