चितवन । चितवन प्रहरीले स्कुलका छात्रछात्रालाई लक्षित गर्दै लागुऔषध सचेतना सम्बन्धी अनलाईन प्रशिक्षण दिएको छ । समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत आज भरतपुर महानगरपालिका वडा नम्बर .१० स्थित ओम शान्ति एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थीलाई प्रशिक्षण दिएको थियो ।
प्रधानाध्यापक टेक बहादुर श्रेष्ठको समन्वयमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक . कमला नरालबाट प्रशिक्षण दिईएको हो । उक्त स्कुलमा अध्ययनरत कक्षा ८ देखि १०का सयजति जना विद्यार्थीलाई साईवर अपराध, गुड टच , व्याड टच र लागु औषध दुर्व्यसनी तथा बच्ने उपाय विषयमा अनलाईन मार्फत प्रशिक्षण दिइएको प्रहरीले जानकारी दिएको छ ।
