यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २४ गते बाट प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ।
इन्स्योरेन्सले जारी पूंजी २ अर्ब १५ करोड रुपैयाँ मध्ये ३०% ले हुनी ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न लागेको हो।
निष्काशन गर्न लागेको रु.१०० अंकित मुल्यको शेयर मध्ये कर्मचारीका लागि ५% ले हुनी ३ लाख २२ हजार ५ सय कित्ता शेयर र म्युचुअल फण्डका लागि पनि ५% ले हुनी ३ लाख २२ हजार ५ सय कित्ता शेयर छुट्टाएर बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिने छ।
यूनियन लाइफको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन सकिनेछ। यस आइपिओको बन्द हुने मिति २०७८ साल असार २८ गते रहेको छ भने रितपूर्व आवेदन नआए निष्काशन श्रावण ०७ गतेसम्म खुल्ला रहने छ।
यूनियन लाइफको आइपिओमा नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ।
कम्पनीले यस आइपिओका लागि इक्रा नेपालबाट [ICRANP-IR] BBB” रेटिङ्ग पाएको छ जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउछ। यूनियन लाइफको निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
