• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

भविष्य अन्योल पारिएको भन्दै विद्यार्थी आन्दोलित


  •   बिहिबार, असार १७, २०७८ मा प्रकाशित
  • सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्। स्नातक तहमा ४ वर्ष अध्ययन गरेर मापदण्ड पुग्ने भएपनि लोकसेवा आयोगले खुलाउने सेवामा प्रतिस्पर्धा गर्न र स्नातकोत्तर अध्ययन गर्न नपाएको भन्दै उनीहरूले दिनहुँ नाराबाजी, कोणसभा गरिरहेका छन्।

    Advertisement

    क्याम्पसको स्नातक तहमा ८ सेमेस्टरको बिएस्सी इन हर्टिकल्चर पढाइ हुन्छ। यसअन्तर्गत ५ विषय (समूह)को अध्ययन हुन्छ। तर, यीमध्ये ४ विषयमा माथिल्लो तह (स्नात्कोत्तर) अध्ययन गर्न र लोकसेवा आयोगले खुलाउने प्रतिस्पर्धामा बिएस्सी एग्रिकल्चरसरह भिड्न पाइँदैन। माथिल्लो तहमा अध्ययन गर्न र लोकसेवामा भिड्नै नपाउने विषय पढाएर क्याम्पसले आफूहरूमाथि अन्याय गरेको विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। महँगो शुल्क तिरेर देशभरका ७७ वटै जिल्लाबाट आएका २ सय ३० विद्यार्थीको भविष्य अन्योल भएको भन्दै विद्यार्थी आन्दोलनरत छन्।

    रामेछापबाट आएर तेस्रो वर्षमा अध्ययनरत एलिजा घिमिरेले क्याम्पसले विद्यार्थीलाई माथिल्लो तह पढाइ र सम्भावित रोजगारीमै अयोग्य बनाएको बताइन्। ‘बराबर पाठ्याभार भएका विषयमा पढेर गएपनि ५ मध्ये एउटामा मात्र माथिल्लो तहको पढाइ र लोकसेवाको अवसर पाउनु अन्यायपूर्ण छ,’ उनले भनिन्, ‘यो पढाइ सुरु भएको दशक पुग्नलाग्दा पनि अन्योल जारी हुनु क्याम्पस र त्रिविको लाचारी हो।’

    बिएस्सी इन हर्टिकल्चरमा बागवानी, कृषि प्रसार, बाली संरक्षण, बाली विज्ञान र माटो विज्ञान पढाइ हुन्छ। पाँचै विषयमा पाठ्यभार पुगेपनि बागवानी विषयमा मात्रै माथिल्लो तह अध्ययन गर्न र लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न दिइन्छ। एग्रिकल्चर एन्ड फरेस्टी युनिभर्सिटी (एएफयु)मा आफूहरूले एमएस्सी पढ्न र लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग बारम्बार राखेपनि क्याम्पसले बेवास्ता गरेको भन्दै विद्यार्थी आक्रोशित छन्। उनीहरूले बिहीबार चौथो दिन पनि प्लेकार्डसहित क्याम्पस परिसरमा नारा–जुलुस र कोणसभा गरे।

    कार्यक्रमअन्तर्गत आठौं ब्याचसम्म पढाइ भइसकेपनि यो साल नवौं ब्याचका विद्यार्थी भर्ना भएनन्। कैलालीबाट आएर चौथो वर्षमा अध्ययनरत सुरेन्द्र विष्टले क्याम्पसले आफूहरूको माग सम्बोधन नगर्दा उही पाठ्यभार भएका ५ विषयमध्ये एउटामात्रै योग्य हुने र बाँकी ४ विषयको भविष्य नभएको बताए। ‘राम्रो भविष्य बन्ला भनेर सुदूरपश्चिमबाट यहाँसम्म पढ्न आइयो तर ४ वर्ष पढेपछि मानसिक रूपमा विक्षिप्त हुनुपरेको छ,’ उनले भने, ‘यो समस्या तुरुन्त समाधान भएन भने अहिले अध्ययन गरिरहेका १ सय १० विद्यार्थीको भविष्य अन्योल हुनेछ।’ उनले अघिल्लो वर्ष अध्ययन गरेका विद्यार्थीमार्फत् नै पछिल्लो ब्याचका विद्यार्थी आउने गरेको तर यो वर्ष अन्योलकै कारण कुनै विद्यार्थी भर्ना हुन नआएको बताए।

    कृषि र पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत पढाइ हुने देशका ८ क्याम्पसमध्ये त्रिभुवन विश्वविद्यालयका ४ आंगिक क्याम्पस छन्। बिएस्सी इन हर्टिकल्चर पढाइ हुने बहुमुखी क्याम्पस चाहिँ इलामको मात्रै हो। देशमै हर्टिकल्चर पढाइ हुने एउटा मात्रै क्याम्पसमा ७७ वटै जिल्लाका विद्यार्थी अध्ययनरत छन्। यतिको महत्वपूर्ण भएर पनि पढाइपछिको अन्योलपूर्ण अवस्था अन्त्य गर्ने विषयमा जिल्लाकै सरोकारवालासमेत बेखबरझैं लागेको विद्यार्थी बताउँछन्। उनका अनुसार अहिले यो चारवर्षे पढाइका लागि करिब ६ लाख रुपैयाँ खर्च हुन्छ। टाढाबाट आएर डेरा गरी बस्दा थप त्यति नै रकम लाग्छ। तर, पढेपछि ‘टाउकामा हात’ राखेर चिन्ता गर्ने बाध्यता आइलागेको उनले सुनाए।

    कोरोना महामारीका कारण भइरहेको करिब ३ महिनाको निषेधाज्ञाबीच आउँदो साउन ५ देखि पाँचौं र सातौं सेमेस्टरको परीक्षा हुँदैछ। तर, भविष्यबिनाको परीक्षासमेत आफूहरूले बहिष्कार गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरी विद्यार्थीले क्याम्पस प्रशासनलाई बुझाएका छन्। ‘विज्ञले समेत यी ४ विषयको पढाइ योग्य सिफारिस गरेका छन् तर समस्या जस्ताको तस्तै रहेकाले परीक्षा नदिने निष्कर्षमा पुगेका हौं,’ बागवानी संघर्ष समिति संयोजकसमेत रहेकी घिमिरेले भनिन्, ‘यो समस्या सुरु भएको ९ वर्ष बितिसक्यो, अब चाहिँ वार कि पार नभएसम्म परीक्षामा बस्नुको अर्थ छैन।’

    २०६९ सालमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत मरब क्याम्पसमा ‘बिएस्सी इन हर्टिकल्चर एन्ड फ्लोरिकल्चर मेनेजमेन्ट’ पढाइ सुरु भएको थियो। २०७१ सालपछि यसलाई कृषि तथा पशुविज्ञान अध्ययन संस्थानअन्तर्गत ल्याइयो र पाठ्यक्रम परिमार्जन गरियो। कार्यक्रमको नामसमेत फेरेर ‘बिएस्सी इन हर्टिकल्चर’ बनाइयो। कार्यक्रमअन्तर्गत पढाइ भइरहेका पाँचै विषयमा लोकसेवा भिड्न र माथिल्लो तहको अध्ययनका लागि पाठ्यभार पुग्ने लोकसेवा आयोग, कृषि मन्त्रालय र त्रिविका विज्ञको सिफारिससमेत थियो। तर, लोकसेवाले बागवानी पढेकालाई मात्र योग्य रहेको निर्णय गरेपछि अन्योल चुलिएको हो। यो कार्यक्रम सुरु हुँदादेखि अहिलेसम्म ६ क्याम्पस प्रमुख फेरिएपनि समस्या यथावत रहेको विद्यार्थीको गुनासो छ।

    क्याम्पस प्रमुख डा.दिलनाथ फुएलले बिएस्सी एग्रिकल्चर र बिएस्सी इन हर्टिकल्चरमा सबै समान भएको, प्रतिस्पर्धामा समेत हर्टिकल्चरकै विद्यार्थीले उछिनेको देखिएपनि यसलाई चाहिँ अयोग्यमा राख्नु विद्यार्थीमाथि अन्याय नै भएको बताए। ‘४ विषय अयोग्य भनिनु विद्यार्थीको मात्र होइन, हामी सबैको मुद्दा हो,’ उनले भने, ‘समाधानका लागि क्याम्पसले त्रिविसँगको समन्वयमा बारम्बार पहल गरिरहेको छ तर तालुकदार मन्त्रालयमा पुगेर अड्किएको छ।’ सम्बन्धित विषयगत मन्त्रालयले लोकसेवाको परामर्शमा आफूलाई आवश्यक पर्ने जनशक्तिको छिनोफानो गरिदिए समस्या समाधान हुने उनले जनाए। केही दिनभित्र विद्यार्थी प्रतिनिधिसहित क्याम्पसको टोली यो समस्या समाधानका लागि काठमाडौं जाने तयारी भएको पनि प्रमुख फुएलले बताए।

    त्रिवि प्राज्ञिक परिषद्ले माथिल्लो तहको अध्ययनका लागि विद्यार्थीको योग्यता निर्क्याेल गर्छ। तर, परिषद्को निर्णय नै फितलो भएपछि एउटै पाठ्यभारका फरक विषयमा योग्य र अयोग्य हुनुपरेको विद्यार्थीको गुनासो छ। कुन विषय पढ्दा माथिल्लो तहमा जान पाइने र कुनमा नपाइने भन्नेमै फितलो प्रावधान रहेकाले आफूहरू अन्योलमा पर्नेगरेको विद्यार्थी बताउँछन्। क्याम्पस प्रमुख डा.फुएल बिएस्सी हर्टिकल्चरका यी ४ विषयले एमएस्सी पढ्न पाउँदैनन् भनेर चाहिँ कतै नलेखेको बताउँछन्। ‘विद्यार्थीलाई अयोग्य भन्दै छेकिएको छ तर कताबाट केले छेकेको छ भन्ने चाहिँ हामीले पनि बुझ्न सकेका छैनौं,’ उनले भने।

    महेन्द्ररत्न क्याम्पसमा बिएस्सी इन हर्टिकल्चरमा पढ्ने विद्यार्थीको ६ महिनाको इन्टर्नसिपसमेत हुन्छ। यस्तो इन्टर्नसिप अन्य क्याम्पसमा नहुने भएकाले पनि योग्यताका लागि यहाँका विद्यार्थी अरू क्याम्पसभन्दा एक खुट्किलो माथि नै रहेको क्याम्पसले जनाएको छ। ‘कतै छात्रवृत्तिमा वा रोजगारीमा भिड्नुपरे यो क्याम्पसका विद्यार्थीको ६ महिनाको इन्टर्नसिप अनुभव अरूको भन्दा बढी हुन्छ,’ प्रमुख फुएलले भने, ‘किसानसँग मिलेर कृषिमा काम गर्दा विद्यार्थीले सर्भे र एक्सन रिसर्च गर्छन्, यो अनुभव अन्य क्याम्पसका विद्यार्थीमा हुँदैन।’ यहाँका विद्यार्थीलाई १ नम्बर प्रदेशका जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा इन्टर्नसिप गराइन्छ। यस्ता विद्यार्थीले रकम अनुदानसमेत पाउने गरेको उनले जनाए। ‘लोकसेवा र माथिल्लो तह अध्ययनको चुनौतीका बाबजुद यहाँबाट उत्पादन भएका विद्यार्थी पूर्ण बेरोजगार चाहिँ छैनन्,’ उनले भने, ‘स्थानीय तहमा अधिकृतस्तरको रोजगारी गरिरहेका विद्यार्थी धेरै छन्।’

    क्याम्पसले बारम्बार घचघच्याएपछि त्रिवि उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले गत पुस २६ मा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखी मरब क्याम्पसका विद्यार्थीको योग्यता निर्धारणबारे ध्यानाकर्षण गरे। उनले समान पाठ्यभार भएका अन्य विषयले मान्यता पाउनु तर यी ४ विषयले नपाउनुले समन्याय, समानता र समान हकको समेत उल्लंघन गरेको पत्रमा जनाएका छन्। यस्तो स्थितिले शैक्षिक कार्यक्रम नै बन्द हुने अवस्था आइ राष्ट्रको लगानी र जनधनको क्षति हुने भएकाले विज्ञको सुझावअनुसार शैक्षिक उपाधि समावेश गर्ने व्यवस्थाको प्रक्रिया अघि बढाउन पत्रमार्फत् आग्रह गरिएको छ।

    बिहिबार, असार १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.