काठमाडौं – विश्व चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएको छ । बार्सिलोनाबाट राम्रो प्रदर्शन गर्दै टिमलाई उपाधि दिलाउदै आइरहेका मेस्सीको सम्झौता बुधबार मध्यरात सकिएको हो ।
गएको सिजन सुरु हुनुभन्दा अघि बार्सिलोना छोड्ने निर्णयमा पुगेका मेस्सी अर्को क्लबमा जान्छन् या जादैनन् भन्ने सबैको चासो बढेको छ । मेस्सीको सम्झौता गए राति सकिदा नयाँ सम्झौता वा बार्सिलोनासँगकै सम्झौता बिस्तार केही भएको छैन ।

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लपोर्टेले मेस्सीलाई क्लबमा राख्न कोसीस गरिरहेको बताइएको छ । उनी मेस्सीका बुवा जोर्गे मेस्सीसँग प्रत्यक्ष सम्पर्कमा पनि रहेको बताइएको छ ।
इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले पनि मेस्सीलाई भित्राउन खोजेको चर्चा पनि चलिरहेको छ । मेस्सी भने अहिले ब्राजिलमा कोपा अमेरिका खेल्नमा व्यस्त छन् ।
