काठमाडौं । सन् २०२१ का संसारकै धनी व्यक्ति घोषित भएका छन् । फोर्ब्सले प्रकाशित गरेको सूचीअनुसार यस वर्ष नेपालका एकमात्रै अर्बपति विनोद चौधरीको स्थान खस्किएको छ ।
सार्वजनिक सूचीअनुसार विनोद चौधरी २ हजार १ सय ४१ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी १५१३ स्थानमा रहेका थिए । उनको सम्पत्ति भने १ं दशमलव ४ बिलियन डलरमा स्थिर देखिएको छ ।
सन् २०२१ का संसारकै धनी व्यक्तिमा अमेजन मालिक जेफ बेजोस घोषित भएका छन् । उनको कूल सम्पत्ति १७७ बिलियन अमेरिकी डलर पुगेको फोर्ब्सले जनाएको छ ।
सूचीको दोस्रो स्थानमा रकेट कम्पनी स्पेस–एक्स र कार उत्पादक टेस्ला कम्पनीका मालिक इलोन मस्क र तेस्रो पेरिसका लक्जरी वस्तु उत्पादक धनाढ्य बर्नान्ड आर्नोल्ट रहेका छन् ।
