काठमाडौं – युरोपेली च्याम्पियनसिप अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । आज हुने क्वाटरफाइनलको पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क भीड्दैछन् । यी दुई टिमबीच राति पौने १० बजे अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा खेल हुनेछ ।
आज हुने उक्त क्वाटरफाइनल खेलमा चेक रिपब्लिकले डेनमार्कलाई जित्ने दाउमा छ । यस्तै आज नै हुने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड पनि भीड्दैछन् ।
यी दुई टिमबीच राति १२:४५ बजे खेल हुनेछ । इंग्ल्यान्डको हालसम्म ४ खेलमा जित निकालेको छ भने २ खेलमा बराबरी खेलेको छ । यसअघि इंग्ल्यान्डले जर्मनीलाई पराजित गरेको हो ।
