हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्ट्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) को १००% (१ : १) हकप्रद शेयर मिति २०७८ श्रावन ५ गते देखि खुल्ला हुने भएको छ।
एचआईडिसिएलले विधमान चुक्ता पूंजी रु.११ अर्बमा एक शेयर बराबार नयाँ एक (१ : १) शेयरको अनुपातमा रु.१०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्कासनमा आउन लगेको हो। कम्पनीले रु.५.५ अर्ब बराबरको हकप्रद शेयर समुह-क उपसमुह-१ का संथापक शेयरधनीलाई बिक्री गरी सकेको छ। उक्त समुहमा अर्थ मन्त्रालय, उर्जा मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र महालेखा नियन्त्रक कार्यालय पर्दछन।
हकप्रद शेयर निष्कासन २०७८ श्रावन ५ देखि गते खुल्ला भई श्रावन २५ गते बैंकिङ समय पश्यात बन्द हुने छ। साथै कम्पनीको हकप्रद मिति २०७८ जेष्ठ २७ गते सम्म नेपाल स्टक एक्सचन्ज लि. मा कारोबार भई कायम शेयरधनीहरुले मात्र लिन पाउने छन।
यस्तै हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापीटल लि. ले गर्नेछ।
