काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन आउँदो कात्तिकमा गर्ने भएको छ । शनिवार सेको केन्द्रीय निर्देशन समितिको बैठकले यही २७ कात्तिकदेखि ३० कात्तिकसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन जेठमा गर्ने भनिएको थियो । तर कोरोना महामारी लगायत विभिन्न कारणले हुन सकेन ।
आजको बैठकले कात्तिकमा नै काठमाडौंमा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई ७ असोजसम्म दिने निर्णय गरेको छ ।
यस्तै उक्त बैठकले प्रदेश अधिवेशन पनि १५ असोजसम्म सक्ने निर्णय गरेको छ । उक्त बैठकमा पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी सहभागी रहेका थिए ।
