काठमाडौं – गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको क्वाटरफाइनल खेलमा इंग्ल्यान्डले सानदार जित निकालेको छ ।
निकै रोमन्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले युक्रेनलाई ४-० गोलले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा प्रबेश गरेको छ । अब सेमिफाइनलमा इंग्ल्यान्ड डेनमार्कसँग खेल्नेछ ।
उक्त खेलको चौथो मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको सुरुवाती मिनेटमा इंग्ल्यान्डका ह्यारी मगाएरले गोल गरुी टिमलाई अग्रता दोब्बर बनाए ।
त्यसको ४ मिनेटपछि केनले अर्को गोल गरे । त्यसपछि जोर्डन हेन्डरसनले इंग्ल्यान्डका लागि गोल गरे ।
