काठमाडौं – आइतबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा कोलम्बियाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा कोलम्बियाले उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गरेको हो । जितसँगै कोलम्बिया सेमिफाइनलमा प्रबेश गरेको छ ।
खेलको अन्तिम समयसम्म दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ओस्पिनाले जोसे मारिया जिमिनेज र माटियास भिनाको प्रहारलाई विफल पार्दै कोलोम्बियाले जित निकाल्न सफल भयो ।
कोलोम्बियाले ४ प्रहार नै गोलमा परिणत गर्यो । पराजित भएसँगै उरुग्वे प्रतियोगिताबाट बाहिरिएको छ । कोलोम्बियाले अब अर्जेन्टिना र इक्वेडरबीचको अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।
