राे मानसपटल भित्रका,
स्वप्नरुपी रंगिन सपनाहरु
कमलो माटो,
पबित्र पानी,
बाह्रै महिना हासी रहने हिमाल
अनि सुन्दर शान्त र विशाल नेपाल
अध्यारोमा यतै कतै अल्झिरहेछन
चम्किएका मेरा आँखा एक्कासी निदाएझै ।।
————————————————
बाध्यताले विदेशीएकाहरु
सुखकाे श्वास फेर्न गएका हुन
या लास हुन गएका हुन,
याे प्रश्न अनुत्तरित छ
—————————————-
बगेको चिसो खोला सङ्ग रहेको सामिप्यता
केवल बगिरहदा सम्मको न्यानो मात्र हो।
छोपिएका सारा निषेधित अङ्गहरु केवल
अस्थाइ हुन अबस्य प्राकृतिक हुनैसक्दैनन।।
——————————–
अचेल यस्ताे लाग्छ
तिमी उहीँ नारामा बर्षाैँ देखि देस बेच्न लागि परेका त हैनाै?
माक्सबाद देखि,
अनेकान्तबाद सम्मका ढाेँगी बिचार पहिरिएर हिडिरहेछाै,
कतिबेला निबस्त्र हुन्छाै तिमीलाई समेत पत्ताे छैन
तिम्राे झण्डा टाँगेकाे घरकाे धुरीमा
हल्लिदा हल्लिदा प्वाल नै बनिसक्याे
बर्षातमा तप तप चुहिने मेराे घर
थाल राखेर मैले जाेगाएकाे छु
तर तिम्राे चुहीएकाे विचारमा
थाल थाप्न काे सतिजानु पर्ने हाे?
————————————–
ए ! गाेर्खाली अब त उठ न
याे अत्याचारका विरुद्ध
तिम्रा दुधिला हड्डी मक्किएका छैनन्
खुकुरीका धारमा खिया लागेको छैन ।।
————————
एकपटक फेरि खोल्नु छ आँखा
एकपटक फेरि तन्काउनु छ हात
एकपटक समय थप्नु छ मिर्तु सङ्ग
एकपटक फेरी ब्युझाउनु छ देश
अनि फराउनु छ चन्द्र-सुर्य झण्डा।।
