काठमाडौं – आइतबार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३-० गोलले पराजित गर्न सफल भयो ।
उक्त खेलको ४० औं मिनेट रोड्रीगो डेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ८४ औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गरीअर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ९३ औं मिनेटमा कप्तान मेस्सीले गोल गी टिमलाई जित दिलाए । जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । अब सेमिफाइनलमा अर्जेन्टिनाले कोलोम्बियासँग खेल्नेछ ।
