• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

सडक खन्दा दुई गाउँ भासिए, १३७ परिवार १६ दिनदेखि जंगलमा अलपत्र


  •   सोमबार, असार २१, २०७८ मा प्रकाशित
  • बझाङ : गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् ।हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् ।

    Advertisement

    उनीहरूले गाउँभन्दा एक घण्टा परको जोरगाउँ जंगलमा आश्रय लिएका छन् । ‘कोही भैंसीको खर्कमा ओत लागेका छन् । पाल हुनेहरू पाल हालेर बसेका छन् । नहुनेहरू कोही ओडारमा, कोही स्याउलाको ओत बनाएर बसेका छन् । हामी जंगलमा छौं,’ वडा सदस्यसमेत रहेका पीडित वीरबहादुर बुढाले भने, ‘चिसो भुइँमा सुत्नुपरेकाले धेरै जना बिरामी हुन थालेका छन् ।’ बस्ती रहेको ठाउँको तल सडक र माथि दुवैतिरबाट निरन्तर पहिरो खस्न थालेपछि घर छाडेका सबैलाई खाद्यान्न र खानेपानीको पनि समस्या भएको उनले बताए ।

    ओतको अभावमा रातभर आगो बालेर बस्ने गरेको, भोक मेटाउन जंगली सागपात, सिस्नु र कन्दमूल खाएर बस्नुपरेको स्थानीय ज्ञानी बुढाले बताए । ‘भोकै बस्न नसकेर सिन्नु कन्जडा (सिस्नु आदि कन्दमूल) खाएर बसिरहेका छौं । हामी ठूलो विपत्तिमा परेका छौं,’ उनले भने । खोलाको धमिलो पानीले प्यास मेटाउनुपरेको छ । पहिरोका कारण जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको विस्थापित परिवारकी मनसरी बुढाले बताइन् । ‘खाने गाँस छैन । बालबच्चा भोकभोकै छन् । खुला ठाउँमा बस्नुपर्दा सबैभन्दा बढी हामी महिलालाई समस्या भएको छ,’ उनले भनिन् । ३ सय ५० महिला र बालबालिकासहित ६ सय जना विस्थापित भएका हुन् ।

    गाउँभन्दा तल निर्माण गरिएको सडकका कारण घरहरू भासिएको देखिएको छ । ‘सडकले गाउँको तल्लो भाग खनेकाले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि फर्केका गाउँपालिकाका रोजगार संयोजक बिर्ख पाण्डेले भने, ‘गाउँ नै चिराचिरा परेर भासिएको छ । कुनै घर भत्किसकेका छन् । कसैका घर बाँगाटिँगा भएका छन् ।’ जमिन भासिएर कमजोर भएपछि गाउँको बीचभाग भएर बग्ने खहरे खोलाले पनि कटान गरेकाले झन् बढी क्षति भएको उनले बताए । ‘ठूलो वर्षा भयो भने एकै पटक गाउँ नै बगाउने अवस्था छ,’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भर्खर निर्माण हुँदै गरेको रुगिन–बिच्छिया पहुँचमार्गका कारण गाउँमा पहिरो खसेको पाण्डेले बताए ।

    विकट ठाउँ भएकाले राहतको व्यवस्थापन गाह्रो परेको गाउँपालिका कार्यालयले जनाएको छ । पीडितहरूलाई राहत पुर्‍याउनका लागि प्रयास गरिरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । ‘पाल र चामल घटनास्थलभन्दा केही तल पुगिसकेको छ । सोमबारसम्म वितरण गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘गाउँपालिकाबाट बजेट व्यवस्था गरेर त्यहाँ खानेपानीको पनि व्यवस्था गर्न लागेका छौं ।’ पहिलादेखि नै भोकमरीको चपेटामा रहेकै बस्तीलाई पहिरोले घेरेपछि दीर्घकालीन व्यवस्थापन गरिदिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई आग्रह गरेको उनले बताए ।

    सडक बनाउँदा प्राविधिक रूपमा ध्यान नपुगेकै कारण गाउँलेको बिचल्ली भएकाले तात्कालिक र स्थायी प्रकृतिको व्यवस्थापनका लागि पहल गरिरहेको गाउँपालिका अध्यक्ष गोविन्द मल्लको भनाइ छ । ‘अघिल्लो वर्ष पनि यो गाउँमा बाढीले क्षति गरेको थियो । उसै पनि जोखिमपूर्ण अवस्थामा रहेको गाउँको मुन्तिरबाट यो वर्ष झन् सडक बनाइदिएपछि भासिएको हो,’ उनले भने, ‘अब अर्को व्यवस्था नहुन्जेलसम्म के व्यवस्थापन गर्ने भनेर सोचिरहेका छौं । खाद्यान्न, लत्ताकपडा वितरण गर्ने तयारी हुँदै छ । पालको सट्टा जस्तापाता वितरण गर्छौं ।’ विस्थापितलाई अन्यत्र व्यवस्थापन गर्न समय लाग्ने भएकाले जंगलमा जस्ताका टहरा बनाउन सहयोग गर्ने उनले बताए ।

    प्रदेश सरकारले गाउँपालिकासँग समन्वय नै नगरी सडक निर्माण गरेका कारण विपत् आइलागेको उनको आरोप छ । ‘सडक बनाउँदा हामीलाई थाहै दिएनन् । सांसदहरू आफैं वडाध्यक्ष जस्ता भएर योजना सिफारिस गरे । यो ठाउँमा जोखिम छ, सडक नबनाऊ भन्दा गाउँले उचालेर हामीलाई ढुंगा हान्न लगाउँछन्,’ उनले भने, ‘कुन बेला सर्भे गरे, कसरी गरे, कसरी बाटो काटे, हामीलाई केही थाहा छैन । अहिले जनतालाई आपत् पर्दा हामीले टाउको दुखाउनुपरेको छ ।’

    बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सुरक्षाकर्मीको टोलीले पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर आइतबार सदरमुकाम फर्किएको बताए । ‘पहिरोपीडितलाई राहतस्वरूप बाँड्न ३० क्विन्टल चामल र पाल गाउँपालिकालाई उपलब्ध गराइएको छ,’ उनले भने ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

    सोमबार, असार २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.