चितवन,२१ असार ।राष्ट्रिय युवा संघ कालिका नगरकमिटीले कालिका नगरपालिकाको समन्वयमा राहत बितरण गरेको छ। युवा संघ कालिकाले स्थलगत अनुगमन गरि बाढी र पहिरोबाट पुर्ण रुपमा प्रभावित ३१ घरलाई राहत बाढेको हो।
कालिका नगरपालिका संग बाढी र पहिरो पीडितको तथ्यांक संकलन गरि सोही क्षेत्रका विघटित प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल ,कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको(गोपी) र कालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालको बिशेष उपस्तिथिमा कालिका वडा नं १० र ११ का बाढी र पहिरो पीडितहरुलाइ चामल दाल नुन तेल लगायतका सामाग्री बितरण गरेको हो।
प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै विघटित प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल,युवा संघ कालिकाका संयोजक पुर्ण चौधरीले(निशान),जिल्ला सदस्यहरु अजय गोले नगेन्द्र गिरि ,बिबेक स्याङ्तान, देवा तामाङ,ओमकार खड्का र नमन काफ्लेले थप राहत सामाग्री समेत उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका छ्न।

