काठमाडौं – मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको सेमिफाइनल खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले पेरुलाई १–० गोलले पराजित गरेको हो ।
उक्त खेलमा ब्रजिलका लुकास पाक्युटाले गोल गरी टिमलाई फाइनलमा पुर्याए । उनले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्तिम समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।
५२औं मिनेटमा पेरुका गार्सियाले गरेको प्रहरले पोष्ट छुम्न सकेन । उक्त खेलमा ब्रालिले गोलका लागि गरेको ८ प्रहारमा एक गोल मात्र हुन सक्यो ।
जितसँगै ब्रालि फाइनलमा पुगेको छ । अब बुधबार बिहान हुने अर्को सेमिफाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भीड्नेछन् ।
