काठमाडौं – युरोपेली च्याम्पियनसिप अन्तर्गत मंगलबार इटली र स्पेनबीच हुँदैछन् । इटली र स्पेनबीचको सेमिफाइनल खेल आज इङ्ग्ल्यान्डको वेम्बली मैदानमा हुनेछ ।
यी दुई टिमबीच राति पौने १ बजे खेल हुनेछ । आज हुने उक्त सेमीफाइनल खेलमा इटली र स्पेन एकअर्कालाई जित्ने दाउमा छन् ।
यसअघि क्वार्टरफाइनलमा इटालीले बेल्जियमलाई पराजित गरेको थियो भने स्पेनले स्विट्जरल्यान्डलाई पराजित गरेका थियो । यस्तै दोस्रो सेमिफाइनल खेल भोलि हुँदैछ । दोस्रो सेमिफाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्क भीड्दैछन् ।
