• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

माधव नेपालको शर्त मानेपछि ब्यूँतियो कार्यदल


  •   मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माधव नेपाल माथी अदालतको हस्ताक्षर फिर्ता गर्न हिजो सोमबार साँझ ५ बजेसम्मको शर्त राखेका थिए ।
    तर उनको त्यस्तो शर्त होइन, बरु उल्टै माधव नेपालको शर्त चाँही प्रधानमन्त्री ओलीले मानेका छन् । नेपालको शर्त मानेपछि एमालेमा जेठ २ मा आन्तरिक विवाद हल गर्न गठन गरिएको कार्यादल फेरि ब्यूँतिएको छ ।

    Advertisement

    अदालतको हस्ताक्षर फिर्ताको शर्तबन्दीमा औपचारिक रुपमा पछि हटेको प्रधानमन्त्री पक्षले नभनेपनि ओली पक्ष ब्याक हटिसकेको छ । नेपाल पक्षको मागकै आधारमा जेठ पहिलो सातादेखि नै निस्किृय रहेको कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै ओली र नेपालका वीचमा वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेका छन् । आइतबार राती प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष भीम रावलका बीचमा भएको भेटवार्ता पछि ओली नेपाल पक्षको त्यो शर्त मान्न तयार भएका हुन् । ओलीले नेपालसँग भेट गरेर समस्या समाधानको खोजी गर्न आग्रह गरेपनि नेपालले ओलीसँग त्यतिकै भेट गर्न आनाकानी गरिरहेका थिए ।

    नेपालले आफुसँग भेट्नै नमानेपछि ओलीले नेपालका वलियो खँम्बाका रुपमा रहेका रावललाई बालुवाटार बोलाएर भेटवार्ता गरेका थिए । त्यही भेटवार्तापछि कार्यदल ब्यूँतिएको छ । कार्यदलले हिजो यस बीचमा भएका अनौपचारिक नेताहरुका छलफलका विषय विफ्रिङ गरेपनि आजवाट विषय प्रवेश गरेर छलफल गर्ने बताईएको छ । अदालतको हस्ताक्षर फिर्तालार्इ छोडेर ओलीले नेपालसँगै संयुक्त वक्तब्य दिएर पार्टी एकताको सन्देश दिन चाहेको थियो । त्यसो गर्दा अदालतको हस्ताक्षर फिर्ताकै जस्तो राजनीतिक सन्देश संयुक्त वक्तब्य लिनेदिने र माधव नेपाल विपक्षी गठबन्धनमा रहेर पार्टीलाई पारिरहेको अप्ठ्यारो फुक्ने सोच राखेको थियो ।

    ओलीले जहिल्यै अप्ठयारो परेका बेला अरुको साथ खोज्ने तर अरु बेला नखोज्ने कार्यशैली पार्टीभित्र देखा परिरहेको छ । उनी अहिले पनि माधव नेपाल पक्षलाई  अल्मलाउने र भूलभूलैयमा राखेर फेरि पनि सरकारमा टिकिरहने गुप्त योजनामा रहेको हुनसक्ने आशंका भने पार्टीभित्रै गरिन थालिएको छ ।

    विपक्षी गठबन्धनले नेपाल समुहलाई फेरि पनि विश्वासमा लिन नसक्ने र सरकार आफ्नै टिकिरहने योजना ओलीमा थियो । सोही कारण पनि उनी अब अदालतमा गरेको हस्ताक्षर फिर्ता गरेपनि नगरेपनि खास अर्थ नबोक्ने देखेपछि संयुक्त वक्तब्य दिएर एकताको सन्देश दिन चाहिरहेको छ । त्यसमा एमाले भित्र ओली र नेपाललाई मिलाउन कम्मर कसेर जुटिरहेका दुवै पक्षका दोस्रो तहका नेताहरु अग्रसर भएर लागिरहेका छन् । उनीहरुले सोमबार नै एकताको सन्देश दिने गरी वक्तब्यको तयारी गरेका थिए । तर वरिष्ठ नेता माधव नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि ओली–नेपाल भेट र संयुक्त विज्ञप्तिको प्रयास असफल भएको थियो ।

    कार्यदल तहका नेताहरुको अहिलेसम्मका अनौपचारिक छलफलमा पार्टीलाई २ जेठ ०७५ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने, सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको छ । रिटमा नेपाल पक्षबाट भएको हस्ताक्षरको विषय टुंग्याउने सन्दर्भमा सर्वोच्चले जे फैसला गर्छ, त्यसलाई दुवै पक्षले मान्ने र त्यसपछि पार्टीको संस्थागत निर्णयलाई आधार मानेर अगाडि बढ्नेलगायतका विकल्पमा उनीहरूबीच छलफल हुँदै आएको छ ।

    त्यही विषय समेटेर कार्यदल तहका नेताहरुले तीन बुँदे सहमतिको ड्राफ्ट तयार पारिसकेका छन् । त्यही  ड्राफ्टमा आज बस्ने कार्यदल बैठकमा छलफल हुने एमालेका माधव नेपाल पक्षका नेता भीम आचार्यले जानकारी दिए । ‘ब्युँतिएको कार्यदलले अनौपचारिक रुपमा यस बीचमा दुवै पक्षका नेताहरुले छलफल गरेर बनाएको मस्यौदालाई  अन्तिम रूप दिने गरी गृहकार्य गर्नेछ, त्यसपछि सम्भव भएसम्म मंगलबारै, नभए बढीमा दुई दिनभित्रै संयुक्त वक्तव्य जारी गरी पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाइने गरी ओली र नेपालले प्रयास गर्नुहुनेछ ।’ आचार्यले सफलखवरसँग भने ।

    एमालेमा वरिष्ठ नेता नेपालले कार्यदल ब्यूँताउने, त्यसमा हुने छलफल र सहमतिको ड्राफ्टका आधारमा ओलीसँग वार्तामा बस्ने र त्यसपछि मात्र निश्कर्षमा पुगिने प्रस्तावलाई ओलीले मानेपछि नेताहरुले अब भने विवाद मिल्नेमा केही सहज हुने अनुमान लगाउन थालेका छन् । तर ओली र नेपालका बीचमा कति विश्वासिलो बातावरण वन्न सक्छ ? अझै त्यसले मात्र एमालेभित्रको एकताको बातावरण वन्नेछ । ओलीले जहिल्यै अप्ठयारो परेका बेला अरुको साथ खोज्ने तर अरु बेला नखोज्ने कार्यशैली पार्टीभित्र देखा परिरहेको छ । उनी अहिले पनि माधव नेपाल पक्षलाई  अल्मलाउने र भूलभूलैयमा राखेर फेरि पनि सरकारमा टिकिरहने गुप्त योजनामा रहेको हुनसक्ने आशंका भने पार्टीभित्रै गरिन थालिएको छ ।

    मङ्गलबार, असार २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.