चितवन,२२असार। राष्ट्रिय युवा संघ कालिका नगरकमिटीले बाढी पीडितलाई राहत बितरण गरेको छ ।
“जनताको दु:खमा,युवा संघ नेपाल” भन्ने नाराका साथ उक्त संघले कालीका नगरपालिका वडा नं ६ र ७ मा राहत वितरण गरेको थियो । यस संघले ११ बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्री बितरण गरेको युवा संघ कालिकाका संयोजक पुर्ण महतोले(निशान)बताए ।
संयोजक महतोका अनुसार युवा संघ कालिकाले अब क्रमशः कालिका नगरपालिका भित्र रहका बाढी, पहिरो पीडितहरुलाई राहत बाड्ने जानकारी दिए।
उक्त राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघ जिल्ला सदस्यहरु नगेन्द्र गिरि , अजय गोले , बिबेक स्याङ्तान , नमन काफ्ले र विद्यार्थी नेता ऋषि मिश्रको समेत उपस्तिथि रहेको थियो।
