काठमाडौं । बिहिबार देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
त्यस्तै देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । लुम्बिनी, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ।
