चितवन । सुजिता भण्डारी मृत्यु प्रकरणले सिर्जना गरेको असहज परिस्थितिलाई मधयनजर गरी जिल्ला प्रशासन कार्यालय चितवनले कफ्र्यू समयावधि थप गरेको छ । आज जिल्ला प्रशासन कार्यालय, चितवनले आज आदेश जारी गर्दै बिहीबार ७ बजेसम्मको लागि थपिएको हो । राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यु भोलीसम्मलाई थपिएको छ ।
आदेशमा बिहान पाांच बजेदेखि ८ बजेसम्म अत्याबश्यक बस्तु खरीद गर्न समय खुल्ला गरिएको जनाईएको छ । उक्त समयमा तीनजनाभन्दा बढी हिड्न नपाईने र कफ्र्युको समयमा लामो दुरीका गाडी भने चल्न पाउनेछन । कफ्र्युको अवधिमा जबरजस्ती घरबाट बाहिर निक्लिए सुरक्षाकर्मीले गिरफ्तारी गरी एक महिनासम्म कैद गरिने जारी आदेशमा उल्लेख छ ।
राप्तीकी सुजिता भण्डारीको मृत्युको बिषयलाई लिएर भइरहेको विरोध प्रदर्शन उग्रभएपछि स्थानिय प्रशासन हिजो बेलुका ७ः३० बजेदेखी आज बेलुका ७ः३० बजेसम्मकोे लागि राप्तीको डडुवादेखी लोथरसम्मको राजमार्ग क्षेत्रमा कर्फ्यु लगाएको थियो ।
