काठमाडौँ – गए राति युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इंग्ल्यान्डले सानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २-१ गोलले पराजित गरेको हो । उक्त खेलको ३० औं मिनेटमा डेनमार्कका डाम्सगार्डले फ्रिकिकबाट गोल गरी अग्रता दिलाए ।
त्यसपछि खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आफ्नै पोष्टमा गोल गरे । निर्धारित ९० मिनेटसम्म दुवै टिम बराबरी नै खेले ।
त्यसपछि १ सय ४ औं मिनेटमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले गोल गरी टिमलाई जित दिलाए । जितसँगै इंग्ल्यान्ड फाइनलमा प्रबेश गरेको छ । अब इंग्ल्यान्डले फाइनलमा इटालीसँग खेल्नेछ ।
