• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

युनियन लाइफ इन्स्योरन्सको IPO खुल्यो: हेर्नुहोस् कम्पनीको वित्तिय अवस्था


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता साधारण शेयर (सामुहिक लगानी कोष र कर्मचारीहरुलाई समेत) प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) जारी गरेको छ। निष्काशन आज मिति २०७८ असार २४ गते देखि २८ गते बैंकिङ समयसम्म रहने छ। रितपूर्व आवेदन नआए निष्काशन श्रावन ७ गते सम्म खुल्ला रहने छ।

    Advertisement

    कम्पनीको जारी पूंजी रु.२ अर्ब १५ करोडको (३०%) हुन आउने रु.६४ करोड ५० लाख रकम बराबरको प्रति शेयर रु.१०० अंकित दरका ६४ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर (कुल निष्काशनको ५%) कर्मचारीहरुलाई र ३ लाख २२ हजार ५ सय कित्ता शेयर (कुल निष्काशनको ५%) सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहने ५८ लाख ५ हजार कित्ता साधारण शेयरहरु प्रारम्भिक सार्वजनिक (IPO) मार्फत बिक्री गर्न लागेको हो।

    इच्छुक लगानीकर्ताहरुले न्युनतम १० कित्ता देखि अधिकतम ३२,२५० कित्तासम्म आवेदन दिन सक्नेछन। कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने छ। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

    क्रेडिट रेटिंग

    युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडलाई ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] BBB रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तिय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको (Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations) जनाउँदछ। ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR] AAA देखि [ICRANP-IR] D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड [ICRANP-IR] AAA ले बलियो आधार जनाउँछ भने [ICRANP-IR] D ले कमजोर आधार जनाउँछ। [ICRANP-IR] B, [ICRANP-IR] C र [ICRANP-IR] D ले औसत भन्दा कम आधार जनाउँछ र दिइने आधारहरुमा प्रयोग गरिने (Plus) चिन्हले दिइएको समुहको तुलानात्मक सकारात्मक स्थितीलाई जनाउँछ।

    कम्पनीको परिचय

    जीवन बीमा व्यवसायको माध्यमबाट देशभर छरिएर रहेको आर्थिक श्रोत र साधनलाई जीवन बिमाशुल्कका रुपमा संकलन गरी देशको आर्थिक बिकासमा योगदान पुर्याउने र समग्र नेपालीहरुको आर्थिक जीवनस्तर सुद्रिढ तुल्याउने अभिप्राय लिई युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड मिति २०७४ बैशाख २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७४ असार २० गते बीमा समितिबाट जीवन बिमा व्यवसाय संचालन गर्न ईजाजत पाए अनुसार सोही वर्षको असोज ६ गते देखि कारोवार संचालन गर्दै आईरहेको छ।

    संचालक समीति

    विभिन्न प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित व्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, न्यौपाने समूह, गाडिया समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूह आदिले प्रबर्दन गरेको इन्स्युरेन्समाको संचालक समीतिको अध्यक्षता श्री सुलभ अग्रवालले गरेका छन भने अन्य ४ जना संचालकहरु पनि संचालक समीतिमा रहेका छन। यस्तै, कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मा २०७४ श्रावण १ गते देखि मनोज कुमार लाल कर्णले सम्हाल्दै आएका छन।

    वित्तीय विश्लेषण

    बि. स. २०७४ साल देखि जीवन बिमा सेवा प्रदान गर्दै आईरहेको युनियन लाईफ इन्स्योरेन्सको चुक्ता पूंजी रु.१.५ अर्ब रहेको छ। बिमा समितीको नियम अनुसार जीवन बिमा व्यवसाय कार्य गर्ने संस्थाको न्युनतम चुक्ता पूंजी रु.२ अर्ब हुने प्रावधान अनुसार हाल कम्पनीले रु.६४.५ करोड बराबरको प्राथमिक शेयर निष्काशन गर्ने प्रकृयामा रहेको छ। निष्काशन पश्यात कम्पनीको चुक्ता पूंजी रु.२.१५ अर्ब हुनेछ। निष्काशन बाट प्राप्त रकम नेपाल सरकारको ऋणपत्र, बैंक तथा वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा र सुचीकृति कम्पनीहरुको शेयरमा लगानी गरिने छ। प्रतिष्ठित उद्योगपति, व्यापारी, समाजसेवीहरु एवं समाजका प्रतिष्ठित व्यक्तिहरु सहित जगदम्बा समूह, गोल्छा समूह, न्यौपाने समूह, गाडिया समूह, राजेश हार्डवेयर तथा टिवडेवाल समूह आदिले प्रबर्दन गरेको इन्स्युरेन्समा मुख्य लगानी शेखर गोल्छा र साहिल कुमार अग्रवालको आ-आफ्नो १९.९३% लगानी रहेको छ। यस्तै, सुलभ अग्रवालको १८.०४%, सन्दिप कुमार अग्रवाल ६.६४%, राहुल कुमार अग्रवालको ६.६४% रहेको छ।

    आर्थिक वर्ष २०७४/७५ मा रु.८.०१ करोड रहेको कम्पनीको जगेडा तथा कोषहरु २०७६/७७ मा वृद्धि भएर रु.६५.६४ कायम रहेको छ। यस्तै. शेयरधनीकोषमा समावेस गरिने महा-विपत्ती जगेडा (Catastrophic Reserve) पनि वृद्धि भएर रु.७.२९ करोड पुगेको छ। जगेडा तथा कोष र महा-विपत्ती जगेडा वृद्धि भए सँगै कुल शेयरधनी कोष पनि मिश्रित वार्षिक वृद्धि (Compounded Annual Growth Rate- CAGR) १८% ले वृद्धि भएर रु.२.२३ अर्ब कायम भएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको जगेडा तथा कोषहरु रु.७०.६६ करोड रहेको छ भने कुल शेयरधनी कोष रु.२.३१ अर्ब कायम रहेको छ।

    त्यस्तै आक्रमक रुपले व्यवसाय बिस्तार् गरिरहेको युनियन लाइफले २०७६/७७ मा मात्र ९२ हजार ५ सय ५० बिमालेख जारी गरी रु.४.६५ अर्ब कुल बिमा शुल्क आर्जन गरेको थियो भने रु.४.५३ अर्ब खुद बिमा शुल्क आर्जन गर्न सफल भएको थियो। चालु आ. ब. को तेश्रो त्रैमससम्म इन्स्योरन्सले  ३४,८४० बिमालेख जारी गरी रु.५.२४ अर्ब कुल बिमा शुल्क आर्जन गरेको छ भने स्थापना देखी हालसम्म २ लाख ७७ हजार ९ सय ३३ बिमालेख कायम रहेका छन। उक्त बिमालेखहरु बाट हाल सम्म रु.१३.४१ अर्ब कुल बिमा शुल्क आर्जन भएको छ। यस्तै, बिमालेख बाट प्राप्त हुने प्रिमियम जम्मा गरिने बिमा कोष २०७६/७७ मा रु.४.३६ अर्ब रहेको थियो भने चालु आ. ब. को तेश्रो त्रैमासमा रु.९.१३ अर्ब कायम रहेको छ। कम्पनीको व्यवसायमा उलेख्य वृद्धि भए सँगै लगानीमा पनि उलेख्य वृद्धि भएको छ। आ. ब. २०७४/७५ मा रु.२.०१ अर्ब जम्मा लगानी तथा कर्जा रहेकोमा २०७६/७७ मा वृद्धि भएर रु.५.५१ अर्ब पुगेको थियो भने हाल सम्म रु.८.१ अर्ब पुगेको छ जसमध्ये रु.२.८३ अर्ब अल्पकालिन लगानी रहेको छ भने बाँकी रु.५.२६ अर्ब दिर्घकालिन समयको लागि रहेको छ।

    आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृति विवरण अनुसार कम्पनीले रु.२८.५१ करोड कुल आय आर्जन गरेको छ जसमध्ये रु.११.०९ करोड लगानी तथा कर्जा बाट आय रहेको छ। यस्तै, स्थगित कर सम्पत्ति नाफा नोक्सान हिसाबमा सामिल हुँदा कम्पनीको खुद नाफा रु.५०.१६ करोड हुन आएको छ। चालु आ. ब. को तेश्रो त्रैमासमा कम्पनीले रु.१६.१२ करोड कुल आय आर्जन गरेको छ जसमा रु.११.७९ करोड लगानी तथा अन्य आय रहेको छ भने खुद नाफा रु.८.२५ करोड कमाउन सफल भएको छ। यस्तै, कम्पनीले आगामी आर्थिक वर्षहरुमा आक्रमक रुपले आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ। आ. ब. २०७९/८० सम्ममा कम्पनीले रु.१८.८५ अर्ब खुद बिमाशुल्क आर्जन गर्ने लक्ष्य लिएको छ। इन्स्योरन्सले कुल लगानी तथा कर्जा पनि वृद्धि गरेर रु.३४.८५ अर्ब पुर्याउने प्रक्षपण गरेको छ। यस्तै, कम्पनीले अन्य प्रमुख वित्तिय सुचकहरुमा पनि उलेख्य प्रगती गर्ने लक्ष्य राखेको छ।

     वित्तीय अनुपातहरु

    आर्थिक वर्ष २०७६/७७ को अपरिष्कृति प्रतिवेदन अनुसार कम्पनी प्रति शेयर आम्दानी रु.३३.३३ रहेको छ । प्रति शेयर किताबी मुल्य पनि वृद्धि भएर रु.१४८.४६ कायम रहेको छ। यस्तै, आ. व. २०७७/७८ को तेश्रो त्रैमासको विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दनी रु.७.३१ र प्रति शेयर किताबी मुल्य रु.१५३.९५ रहेको छ। कम्पनीले लक्ष्य अनुसार प्रगति गरेमा आ. व. २०७९/८० मा प्रति शेयर आम्दानी रु. ८.७६ र प्रति शेयर किताबी मुल्य रु.१५१.५१ कायम हुने देखिन्छ।

    हाल २०४ वटा शाखा कार्यालयहरुको माध्यमबाट जीवन बिमा सेवा प्रदान गर्दै आएको युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेड सार्वजनिक निष्काशन (IPO) को प्रकृयामा रहेको छ। निष्कशन पश्यात प्राप्त रु.६४.५ करोड रकमको २५% नेपाल सरकारको ऋणपत्र, ६५% ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाहरुको मुद्दती निक्षेपमा र १०% सुचीकृति कम्पनीहरुको शेयरमा लगानी गरिने छ। संचालनको छोटो अवधीमा नै राम्रो प्रगती गर्न सफल यस कम्पनीले नेपालको बिमा क्षेत्रमा अग्रणी हिस्सा लिएर सर्वसाधारणलाई राम्रो सेवा प्रदान गर्ने क्षमता राख्दछ। हाल कुल जनसंख्याको २६% जनसंख्यामात्र बिमाको पहुचमा रहेको अवस्थामा यस कम्पनी ले नयाँ ढंगले सेवा दिन सके भविष्य उज्वल रहने देखिन्छ।  

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.