चितवन । बुधबार रातिदेखि आएको अविरल बर्षाका कारण माडीका विभिन्न स्थानमा क्षती भएको छ । माडी ३ मगोइ खोलामा पनि पानीको बहान बढेको छ ।
रौतने खोलामा आएको बाढीले माडी-३ मलाहीटोल डुबानमा परेको छ । यस्तै डांग्रेखोलामा आएको बाढीका कारण बरुवा बजारस्थित सुकुम्बासी बस्ती डुबानजमा परेको छ । यस्तै माडी ७, देबेन्द्रपुरस्थित परुई खोलामा आएको बाढीले चेपाङ बस्ती डुबानमा परेको छ ।
यस्तै माडीको पेट्रोल पम्प नजिकको कुलोमा पानीको बहाब बढेपछि बाटोमाथिबाट पानी बगेको छ । यस्तै बनकट्टा र पाँचपाण्डव गाउँमा पनि बाढी आएको छ । अहिलेपनि माडीमा बर्षा भइरहेको छ ।
