• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

पाँच वर्षपछि मूल्य बढ्दा अलैंचीको कारोबार दोब्बरले वृद्धि, चालु वर्षको निर्यात करिब ८ अर्बको


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • काठमाडौं। निर्यात झन्डै दोब्बरले बढ्दा नेपालबाट बाहिरिएर राम्रो आम्दानी दिने वस्तुहरुको सूचीमा अलैंची अगाडि आएको छ। चालु आर्थिक वर्षको ११ महिनामा अलैंचीको निर्यात ७ अर्ब ५० करोड रुपैयाँ हाराहारी पुगेको छ।

    Advertisement

     

    भारतीय उत्पादन घट्दा नेपाली अलैंचीले बजार पाएको हो। अलैंचीलाई अत्यावश्यक वस्तुका रूपमा राखिएपछि पनि निर्यातमा वृद्धि भएको नेपाल अलैंची व्यवसायी संघका अध्यक्ष राजकुमार कार्कीले बताए। ‘लकडाउनको समयमा पनि लोडिङमा समस्या भएन। अनुमान गरेको भन्दा यो वर्ष राम्रो कारोबार भएको छ,’ उनले भने।

    चालु आर्थिक वर्षमा नेपालबाट भटमासको तेलपछि अलैंचीको निर्यात सबैभन्दा बढी छ। आर्थिक वर्ष २०७६/ ७७ को तुलनामा अलैंचीको निर्यात झन्डै दोब्बरले वृद्धि भएको अध्यक्ष कार्कीले बताए। ‘अहिले पनि अलैंचीको लोडिङ भइरहेको छ। देशमा हुने कुल उत्पादनमध्ये अझै करिब १० देखि १५ प्रतिशत अलैंची स्‍टकमा बाँकी छ,’ उनले भने।

    उक्त स्टक निर्यात गर्दा ८ अर्ब भन्दा बढीको निर्यात हुने अनुमान गरिएको जानकारी उनले दिए। यो वर्ष  संघले ६ अर्ब रुपैयाँको अलैंची निर्यात हुने लक्ष्य राखेको थियो। गत वर्ष  करिब ४ अर्ब रुपैयाँको मात्र अलैंची निर्यात भएको थियो।

    नेपालमा वार्षिकरूपमा एक लाख २० हजार बोराभन्दा बढी अलैंची उत्पादन हुने गरेको छ। उत्पादनमा वृद्धि भएसँगै अलैंचीको मूल्य पनि बढेको हुनाले सोचेभन्दा राम्रो कारोबार भएको संघले जनाएको छ।

    अलैंचीको मूल्य गत जेठको बीचमा बढेको हो। ‘केही महिना अघि मूल्य बढेको भए कारोबार पनि अझै राम्रो हुन्थ्यो,’ अध्यक्ष कार्कीले भने।
    नेपालबाट भारत निर्यात हुने कृषि उपजमध्ये सर्वाधिक राम्रो भाउ पाउनेमा अलैंची पर्छ। भारतमा अलैंची उत्पादन घट्दा नेपाली अलैंचीको माग उच्च हुन्छ।

    उनका अनुसार अलैंची गत वर्ष जस्तो निर्यात नभएर धेरै स्टक राख्न परेको छैन। नेपाली अलैंची विश्व बजारमा गुणस्तरीयमा पर्छ। नेपालबाट ठूलो परिमाणमा अलैंचीको निर्यात भारतमा हुने गरेको छ। भारतमा पनि यो वर्ष अलैंचीको उत्पादन कम भएको छ। अलैंचीको प्रयोग बिस्कुट, बिभिन्न प्रकारका मसला, सुगन्धित तेल, बेकरीका परिकार र मदिरामा प्रयोग गरिने भएकाले माग बढेको हो।

    पाँच वर्षपछि मूल्यवृद्धि 

    अलैंचीको मूल्य करिब ५ वर्षमा पुनः बढेको हो। संघका अनुसार प्रतिकेजी २५० रुपैयाँसम्म बढेर प्रतिकेजी ८७५ रुपैयाँसम्म पुगेको थियो। मूल्य घट्ने क्रममा ब्रेक लाग्दै बढ्न थालेको हो।

    असारयता भइरहेको वर्षाका कारण भने भारतमा अलैंचीको मागमा कमि आएको छ। यसको प्रभाव मूल्यमा पर्दा घट्न थालेको छ। गत महिना मूल्य बढ्दै प्रतिमन ३५ हजार रुपैयाँ पुगेको अलैंची अहिले प्रतिमन ३२ हजारमा झरेको छ। केही दिनयता मूल्य घटेर प्रतिकेजी ८ सय रुपैयाँमा आइपुगेको छ।

    नयाँ उत्पादन तयार भएर आउन तीन महिना  बाँकी छ। माग उच्च हुने अनुमान व्यवसायीहरुले गरिरहेका छन्। ५ वर्ष पहिले नेपालमा अलैंचीको भाउ करिब ३० हजार रुपैयाँसम्म कायम भएको थियो। पछि कारोबारमा गिरावट आउँदा घटेर प्रतिकेजी ५ सय रुपैयाँमा समेत आइपुगेको थियो।

    ‘करिब पाँच वर्षपछि मूल्य फेरि बढ्न थालेको हो। अब किसानलाई घाटा नै हुनेगरी नघट्नुपर्ने भन्ने हामीलाई लाग्छ,’ अध्यक्ष कार्कीले भने। मूल्य बढ्दा किसान र व्यवसायीका हातमा राम्रो आम्दानी पर्ने बाटो खुले पनि अलैंचीको उत्पादन अपेक्षितरूपमा बढ्न सकेको छैन। खेती बिस्तार भएको क्षेत्रफलका अनुपातमा नेपालमा मात्र होइन भारतमा पनि उत्पादन घटिरहेको छ ।

    नेपालमा हाल ४२ जिल्लामा अलैंचीको खेती भइरहेको छ। विभिन्न जिल्लाहरुमा अलैंचीको बोट रोगाउने, सुक्ने र मर्ने समस्या छ। सेपिलो र पानीको स्रोत राम्रो भएको जग्गामा अलैंची लगाइन्छ। भाउ राम्रो पाउने भएपछि कतिपय किसानहरुले कृषि प्राविधिकसँग सरसल्लाह नै नगरी खेती बिस्तार गरेका छन, जसले गर्दा क्षेत्रफल बढेको अनुपातमा उत्पादनमा बढोत्तरी हुन सकेको छैन।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.