• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

चाउचाउ उद्योगमा आएको नयाँ खेलाडी जसले दिँदैछ वाइवाइलाई थ्रेट, हट एण्ड स्पाइसीमा उछिने अरुले


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • काठमाडौं। २०७४ माघ १५ गते बिहारको पूर्णियामा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले प्रिमियम सेग्मेन्टको चाउचाउको बजार सानो रहेकाले आफ्नो समूहले त्यतातिर ध्यान नदिएको बताएका थिए।

    Advertisement

    पूर्णियामा वाइवाइको फ्याक्ट्री भएको स्थानमा नेपाली सञ्चारकर्मीलाई भ्रमण गराएपछि भएको पत्रकार सम्मेलनमा कोरियन रामेन चाउचाउले विस्तारै ‘योङ जेनेरेसन’ को रोजाइमा परेकाले त्यसतर्फ जाने समूहको सोच छैन भन्ने प्रश्नमा चौधरीले वाइवाइका ग्लोबल सीइओ जीपी साहलाई देखाउँदै भनेका थिए-‘हो, मैले पनि सुनेको छु, त्यसले केही बजार लिएको छ। तर त्यो एकदमै सानो बजार हो। नेपाली उपभोक्ताले महँगो चाउचाउ किन्दैनन्। हामीले केही चाउचाउ महँगो सेग्मेन्टमा ल्याएका थियौं तर सफल हुन सकेनौं।’

    चौधरीले प्रिमियम सेग्मेन्टमा दिएको तर्कमा साहले सही थाप्दै केही ब्राण्डहरु उल्लेख गर्दै भनेका थिए- ‘कोरियन रामेन अहिले केही डिपार्टमेन्टल स्टोरबाट बिक्री भएको छ। यसको भोलुम ठूलो छैन, यसले वाइवाइलाई खासै ठूलो असर गर्दैन।’

    तीन वर्षअघि चौधरी र साहले वाइवाइको ब्राण्डमाथि कसैले धावा बोल्न नसक्ने जिकिर गरेका थिए। तर यही तीन वर्ष चाउचाउ बजारमा ठूलो परिवर्तन आयो।

    र, बजारमा एकछत्र राज गरेको वाइवाइका लागि हट एण्ड स्पाइसी सेग्मेन्टमार्फत अरु उद्योगले धावा बोलेका छन्।

    करेन्ट चाउचाउको उत्पादक यशोदा फूड र टुपिएम चाउचाउको उत्पादक एसियन थाइ फूडले ल्याएको कोरियन रामेनजस्तै चाउचाउले वाइवाइको स्थापित बजार हल्लाएको छ। यो सेग्मेन्टमा वाइवाइको कोरियन फ्युजन स्पाइसी किम्ची रामेनको बजार हिस्सा १० प्रतिशतभन्दा कम छ। यो सेग्मेन्टमा धेरै पछाडि परेपछि वाइवाइले अर्को चाउचाउ डाइनामाइट समेत ल्याइसकेको छ।

    बिजमाण्डूको रिसर्च टिमले गरेको अध्ययन अनुसार, हट एण्ड स्पाइसी सेग्मेन्टमा चौधरीले मासिक १५ हजार कार्टुन मात्रै चाउचाउ बिक्री गर्छ। तर यही सेग्मेन्टमा यशोदा फूडको करेन्ट मासिक ८० हजार कार्टुन बिक्री हुन्छ।

    करेन्टको यो सेग्मेन्टमा ४९.८४ प्रतिशत बजार हिस्सा ‌ओगट्दै पहिलो नम्बरमा छ। यशोदाले करेन्ट अकबरे, करेन्ट हट एण्ड स्पाइसी र करेन्ट हट एण्ड लेमन ब्राण्डमा चाउचाउ बिक्री गर्दै आएको छ।

    दोस्रो स्थानमा एसियन थाइ फूड्स छ, जसले टुपिएम ब्राण्डमा मासिक ५० हजार कार्टुन हट एण्ड स्पाइसी चाउचाउ बिक्री गर्छ। एसियनको टुपिएम अकबरे चिकेन र टुपिएम कोरियन रामेन दुई ब्राण्ड छन्।

    यसको बजार हिस्सा ३१.१५ प्रतिशत छ। यो सेग्मेन्टमा चौथो स्थानमा पोखरा नुडल्स रहेको छ।

    हट एण्ड स्पाइसी सेगमेन्ट

    यो उद्योगले मासिक ८ हजार कार्टुन बिक्री गर्छ। पाँचौ स्थानमा चितवनमा रहेको यमयम चाउचाउ उत्पादक स्मार्ट फूडले उत्पादन गर्ने हट एण्ड स्पाइसी चाउचाउको बजार छ। यो उद्योगले मासिक तीन हजार कार्टुन चाउचाउ बिक्री गर्छ।

    कसरी एकाएक अगाडि आयो करेन्ट?
    कोभिड-१९ को पहिलो लहरपछि कोरियन रामेन आयात हुन सकेन। यो आयात नभएको मौका छोप्दै यशोदा र एसियन थाइ फूडले उत्पादन गरेको हट एण्ड स्पाइसी चाउचाउको आपूर्ति बढाए। कोरियन रामेनकै स्वादमा त्यो पनि सय रुपैयाँ सस्तोमा यो चाउचाउ आएपछि युवापुस्ताको ध्यान खिच्यो।

    कोरियन रामेनको एक प्याकेटको डेढ सय रुपैयाँ थियो। तर यी दुई कम्पनीले ५० रुपैयाँ प्याकेटमा यही स्वादको चाउचाउ बिक्री सुरु गरे। १२ देखि ३० वर्ष उमेर समूहलाई यो चाउचाउको स्वादले आकर्षित गर्‍यो। उनीहरुको रोजाइमा करेन्ट र टुपिएम पर्‍यो। सानो बजार भन्दै बसेको वाइवाइका लागि एक वर्षकै अवधिमा थ्रेट बन्यो।

    वाइवाइले हट एण्ड स्पाइसी चाउचाउ बजारमा ल्याएको छ। तर पहिले नै उपभोक्तामा लत बसिसकेको करेन्ट र टुपिएमका अगाडि वाइवाइ फिक्का बनेको छ।

    अरु सेग्मेन्टमा वाइवाइ अगाडि
    हट एण्ड स्पाइसीमा मात खाएको वाइवाइ अरु सेग्मेन्टमा भने धेरै अगाडि छ। २० र २५ रुपैयाँमा बिक्री हुने चाउचाउमा वाइवाइको बजार हिस्सा ४६.५१ प्रतिशत छ। यो सेग्मेन्टमा वाइवाइको मासिक सात लाख कार्टुन चाउचाउ बिक्री हुन्छ।

    यो सेग्मेन्टमा दोस्रो एसियन थाइ फूड्स छ, जसले २ लाख ५० हजार कार्टुन बिक्री गर्छ। यसको बजार हिस्सा १६.६१ प्रतिशत छ।

    हट एण्ड स्पाइसीमा पहिलो नम्बरमा रहेको करेन्टको बजार हिस्सा १०.६३ प्रतिशत मात्रै छ। यो चाउचाउ मासिक १ लाख ६० हजार कार्टुन मात्रै बिक्री हुन्छ। रेगुलर सेग्मेन्ट अन्तर्गत १५ रुपैयाँमा बिक्री गर्ने चाउचाउमा भने एसियन थाइ फूड्स पहिलो नम्बरमा छ। एसियनले मासिक २ लाख ७५ हजार कार्टुन चाउचाउ बिक्री गर्छ।

    १५ रुपैयाँको सेगमेन्ट

    वाइवाइले यही सेग्मेन्टमा २ लाख २० हजार कार्टुन चाउचाउ बिक्री गर्छ। यो सेग्मेन्टमा करेन्ट चाउचाउ १ लाख ७५ हजार कार्टुन बिक्री हुन्छ। १० रुपैयाँ मूल्यको इकोनोमी सेग्मेन्टमा वाइवाइको बजार हिस्सा ५०.२९ प्रतिशत छ।

    वाइवाइले यो सेग्मेन्टमा मासिक ५ लाख २५ हजार कार्टुन चाउचाउ बिक्री गर्छ। १० रुपैयाँ खुद्रा मूल्य रहेको यो चाउचाउको दोस्रोमा एसियन थाइ फूड्स छ।

    यो उद्योगले मासिक २ लाख २५ हजार कार्टुन चाउचाउ बिक्री गर्छ। यो सेग्मेन्टमा एसियनको बजार हिस्सा २१.५५ प्रतिशत छ।

    तेस्रोमा करेन्टले मासिक ९० हजार कार्टुन चाउचाउ बिक्री गर्छ। यसको बजार हिस्सा ८.६२ प्रतिशत छ। भुजिया सेग्मेन्टमा पनि वाइवाइको बजार हिस्सा ५४.५५ प्रतिशत छ। यो सेग्मेन्टमा वाइवाइले मासिक १ लाख ८० हजार कार्टुन चाउचाउ बिक्री गर्छ। दोस्रोमा एसियन थाइ फूड्सले मासिक ४० हजार कार्टुन चाउचाउ बिक्री गर्छ।

    यो सेग्मेन्टमा तेस्रोमा भने स्मार्ट फूड छ, जसले मासिक २२ हजार कार्टुन चाउचाउ बिक्री गर्छ। त्यसपछि मात्रै करेन्टले मासिक २० हजार कार्टुन चाउचाउ बिक्री गर्छ। यो एक, तीन र पाँच किलोको प्याकमा राखेर बिक्री गरिन्छ।

    धर्मराउँदो बजार
    चाउचाउ बजारमा झण्डै डेढ दशकदेखि वाइवाइले राज गरिरहेको छ। यो अवधिमा ठूलो लगानीमा आएको खेतान समूहको मायोज र शंकर समूहको मियो चाउचाउ प्रतिस्पर्धा गर्न नसकेर बन्द भए। तर पूर्वमा एसियन थाइ फूड्स र पछिल्लो समय आएको करेन्टले भने वाइवाइलाई राम्रै धक्का दिएको छ।

    दुई कम्पनीको बजार हिस्सा बढ्न थालेपछि चौधरी समूह डिलर दिन लचिलो बनेको छ। काठमाडौंका एक चाउचाउ डिस्टिब्युटर्सका अनुसार अहिले कुनै बार बन्देज नलगाइ चौधरी समूहले वाइवाइको डिलर दिइरहेको छ।

    ‘एक वर्ष अघिसम्म वाइवाइको डिलर लिन ठूलै कसरत गर्नुपर्थ्यो। अझ विभिन्न प्रावधानका कारण डिलर पाउनै सकिन्थ्यो। तर अहिले सहजै डिलर दिन थालेको छ,’ ती व्यवसायीले भने।

    व्यवसायीका अनुसार पछिल्लो समयमा वाइवाइको रणनीति एकपछि अर्को असफल भएका छन्। वाइवाइले पछिल्लो ६ महिनाको अवधिमा २५ रुपैयाँको जम्बो चाउचाउ मात्रै काठमाडौंमा बिक्री गर्ने रणनीति बनायो। तर उपभोक्ताले जम्बो प्याक मन नपराएपछि २० रुपैयाँकै चाउचाउ बेच्न बाध्य भएको उनले बताए।

    उनका अनुसार अहिलेनै वाइवाइलाई कसैले उछिन्न नसकेपनि बजार भने सामान्य घटेको देखिन्छ। ‘वर्षौदेखिको ब्राण्ड एकै पटक सकिदैन। तर अरु चाउचाउले विस्तारै वाइवाइको बजार भने घटाइरहेका छन्,’ ती व्यवसायीले भने, ‘अरु सेग्मेन्टमा स्थापित भएको ब्राण्डले वाइवाइलाई समस्यामा पार्ने अवस्था सिर्जना हुने देखिएको छ।’

    ‘हामी रिकभर गर्दैछौं’
    वाइवाइका ग्लोबल सीइओ जीपी साह हट एण्ड स्पाइसी बाहेकका सेग्मेन्टमा वाइवाइको बजारमा कुनै प्रभाव नपरेको जिकिर गर्छन्।

    ‘हट स्पाइसीको समग्र चाउचाउ बजारको तीन प्रतिशत मात्रै हो। त्यसमा हामी केही पछाडि थियौं। तर हामीले अर्को पनि ब्राण्ड ल्याएर रिकभर गर्दैछौं,’ उनले बिजमाण्डूसँग भने, ‘कोभिडको पहिलो लहरमा कडा लकडाउनका कारण हाम्रो उद्योग ४५ दिनसम्म बन्द भयो। त्यसरी बन्द हुँदा आपूर्तिमा समेत प्रभाव परेर बजार केही प्रभावित भएको थियो। तर हाम्रो पहिलाको बजार हिस्सा घटेको छैन्। बरु बढेकै छ।’

    सबै खाले चाउचाउको बजार हिस्सा

    साहले काठमाडौं उपत्यकामा केही महिना २५ रुपैयाँको वाइवाइ जम्बो मात्रै बिक्री गरेको तर अहिले भने २० रुपैयाँ समेत बेच्ने गरेको बताए। उनले कोभिडका कारण चाउचाउ ओसारपसारमै समस्या भएपछि उपत्यकामा डिलर थप गरिएको स्वीकार गरे।

    ‘हाम्रो थोरै मात्रै डिलर थिए। कोभिडका कारण चाउचाउ ओसारपसार गर्न समस्या भएपछि डिलर थपेका हौं। हामीले उधारो र बैंक ग्यारेन्टी लगायतका प्रावधानमा कुनै परिवर्तन गरेका छैनौं,’ उनले भने।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.