• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

रेल चलाउने मिति फेरि सर्‍यो


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • काठमाडौँ — भारतबाट रेल सेट खरिद गरेर ल्याएको १० महिना पुग्न लाग्यो । तर अझै सञ्चालनको टुंगो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्दै आए पनि भारतले निर्माण गरेका संरचना अझै हस्तान्तरण हुन सकेका छैनन् । पछिल्लो पटक असार अन्तिमसम्म रेल चलाउने तयारी थियो ।

    Advertisement

    तर असारभित्रै रेल चलाउन सक्ने अवस्था नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जेठ अन्तिममा अवस्था सहज हुनेबित्तिकै रेल चलाउन निर्देशन दिएका थिए । रेलमा काम गर्ने कर्मचारीको तालिम नसकिई रेल चल्न नसक्ने मन्त्रालय आफैंले उल्लेख गर्दै आएको छ । नीतिगत, व्यावहारिक र प्राविधिक सबै कुराको व्यवस्थापन भइसकेकाले निषेधाज्ञा खुल्नासाथ सञ्चालनको तयारीमा लाग्न मन्त्री नेम्वाङले निर्देशन दिएका थिए ।

    निषेधाज्ञा खुकुलो भयो । तर कर्मचारी तयार भइनसक्दा रेल चल्नेबारे अझै अन्योल छ । जयनगर–जनकपुर खण्डमा रेल चलाउने तयारी गरेको यो पहिलो घटना भने होइन । गत असोज २ मा ल्याइएका दुई रेल सेट चलाउन धेरै मिति तय गरिए । तर पालले छोपिएका रेलको ‘घुम्टो’ अझै खुल्न सकेन । गत वर्ष पनि सञ्चालनमा कोभिडको प्रभाव परेको र यो वर्ष पनि त्यही समस्या दोहोरिएको मन्त्रालयले जनाएको छ ।

    निषेधाज्ञाअघि भारतीय प्राविधिकको उपस्थितिमा १० दिनसम्म तालिम सञ्चालन भयो । एकमहिने तालिम नसकिँदै निषेधाज्ञा भएपछि बीचमै तालिम रोकियो । तालिम शुक्रबार (असार २५ मा) सकिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले बताए । ‘स्टेसनहरू बिग्रिने र कहिले सामान चोरी हुने भइरहेको छ,’ उनले भने, ‘सामान चोरी भएका ठाउँमा राख्न लगाउने, संरचना भत्किएका र बिग्रिएका ठाउँमा बनाउन लगाएर साउन ६ गते भारतले संरचना हस्तान्तरण गर्ने तयारी छ ।’ संरचना हस्तान्तरण गरेपछि साउन दोस्रो साताभित्रै रेल चलाउने गरी काम भइरहेको उनको भनाइ छ ।

    यता रेल विभागका पूर्वमहानिर्देशक बलराम मिश्र भने रेल सेट खरिद सम्झौता गर्ने बेलामै भारतसँग २६ जना प्राविधिक ल्याउनेबारे टुंगो लगाउन नसक्दा अहिले समस्या आएको बताउँछन् । तत्कालीन भौतिकमन्त्री रघुवीर महासेठले तत्काल रेल खरिद अगाडि बढाउने कुरामा मात्र चासो देखाएको उनको भनाइ छ । ‘रेल सेट बन्न समय लाग्ने देखिएपछि पहिला यसतर्फ नै सबैको ध्यान गयो,’ उनले भने, ‘मन्त्री महासेठले पनि भारतबाट रिटायर्ड कर्मचारी ल्याएर रेल चलाउने र त्यहीबीचमा नेपाली कर्मचारी भर्ना गर्ने भन्ने सोच बनाउनुभएको थियो तर त्यसो हुन सकेन ।’

    रेल ल्याउन धेरै मिहिनेत परेको उनले बताए । ‘विभागले तयारीमा कुनै ढिलाइ गरेको थिएन, यहीबीचमा कोभिड पनि देखापर्‍यो, त्यो बेलामा रेल चलाउन र कर्मचारीका लागि नियम–कानुन पनि थिएनन्,’ उनले भने । अहिले समन्वय अभावले गर्दा रेल चलाउन ढिलाइ भएको उनको बुझाइ छ । कर्मचारीदेखि कार्यालय व्यवस्थापन आदि सबै तयारी भइसकेको जनाइएको छ । अध्यादेशमार्फत रेल सञ्चालनसम्बन्धी कानुन पनि आइसकेको छ ।

    अहिले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा रेल चल्नेछ । त्यसपछि थप १७ किमि दूरीमा रहेको विजलपुरासम्म रेल पुग्ने जनाइएको छ । रेल सेट जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको बेसक्याम्पअघि पालले छोपेर राखिएको छ । रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले तयार गरेर दिएको हो । अहिले कोंकणकै प्राविधिकले थन्किएका रेलको जाँच गर्दै आएका छन्  ।

    यो समचार कान्तिपुर बाट ।

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.