चितवन।राष्ट्रिय युवा संघ कालिकाले बाढीका कारण भएका सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ।

कालिका नगरपालिका वडा नं २ स्थित लाहुरे चोकको मुल सडकमा बाढीका कारण कालोपत्रे भएका खाल्डाखुल्डी पुर्ने काम युवा संघ कालिकाको संयोजक पुर्ण महतोको नेतृत्वमा सम्पन्न भएको छ। संयोजक पुर्ण महतो(निशान) र सह-संयोजक आशिष रानाका अनुसार अन्य ठाउँमा पनि खाल्डाखुल्डी भएमा क्रमशः पुर्दै जाने बताएका छ्न। साथै युवा संघ जिल्ला सदस्य नगेन्द्र गिरिले जनताको हरेक दु:खमा युवा संघले साथ दिने समेत बताए ।
तेस्तै राष्ट्रिय युवा संघ चितवनका जिल्ला सदस्यहरु अजय गोले , बिबेक स्याङ्तान, मनोज लामा , ओमकार खड्का बृजेश गिरि ,नमन काफ्ले लगायत पनि उक्त काममा सहभागी भएका थिए।
राष्ट्रिय युवा संघ कालिका द्वारा सडकका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न
राष्ट्रिय युवा संघ कालिका द्वारा सडकका खाल्डाखुल्डी पुर्ने काम सम्पन्न
तपाईको प्रतिक्रिया
