• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ५. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ६. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ७. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

खाडी देशहरुको यो झगडाका कारण बढिरहेको छ तेलको मूल्य


  •   बिहिबार, असार २४, २०७८ मा प्रकाशित
  • तेलको उत्पादन कोटाको विषयमा संसारभरीको सबैभन्दा ठूला तेल उत्पादक देश, संयुक्त अरब इमिरेट्स र साउदी अरबबीच यस हप्ता भएको मनमुटावले दुई देशबीचको कुराकानी ठप्प पारेको छ ।

    Advertisement

    यसको असर तेलका सबै ठूला बजारमाथि परेको छ जो कुराकानी ठप्प भएपछि बीचमा फसेका छन् । यसैका कारण तेलको मूल्य ६ वर्षकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ ।

    पेट्रोलियम निर्यातक देशको संगठन ‘ओपेक प्लस’ (रुसलगायतका देश पनि संलग्न छन्) ले आफ्नो वार्ता अनिश्चित कालका लागि स्थगित गर्नुपरेको छ जसका कारण यो समूहको स्थिरताका लागि आशंका बढेको छ ।

    संयुक्त अरब इमिरेट्सले ओपेक प्लसका नेताले साउदी अरब र रुसको एक प्रस्ताव खारेज गरेपछि यो समस्या पछिल्लो हप्ताबाट सुरु भएको हो । यी दुई देशले थप ८ महिनाका लागि उत्पादन सम्बन्धि प्रतिबन्ध स्थापित राख्नुपर्ने प्रस्ताव राखेका थिए ।

    तर संयुक्त अरब इमिरेट्स भने तेल उत्पादनको आफ्नो वर्तमान ‘आधार रेखा’ मा पुनः कुराकानी गर्न चाहन्थ्यो । यूएईले आफूलाई थप तेल निकाल्न (उत्पादन गर्ने) स्वतन्त्रता दिनुपर्ने माग राखेको थियो । यद्यपि, साउदी अरब र रुस यस्तो गर्ने विरुद्धमा थिए ।

    यो वार्ताले एउटा अचम्मको मोड त्यतिबेला लियो जब एक अर्काको नजिक मानिने संयुक्त अरब इमिरेट्स र साउदी अरबका ऊर्जा मन्त्रीले आफ्नो मतभेदमाथि खुलेर कुराकानी गर्न सुरु गरे ।

    वासिङ्टनस्थित सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडीजका वरिष्ठ अनुसन्धानकर्ता बेन काहिलले भने, ‘यो मतभेद कुनै आश्चर्यभन्दा कम थिएन । तर यो झगडा सायद अपरिहार्य थियो । ’

    उनी भन्छन्, ‘अबू धाबीको ओपेक कोटा उसको तेल उत्पादन क्षमताको हिसाबले छैन । संयुक्त अरब इमिरेट्सले आफ्नो तेल उत्पादन क्षमता बढाउनका लागि अत्यधिक पैसा लगानी गरेको छ र अब माग पनि बढिरहेको छ । यसै कारण यूएई अघिल्लो वर्षदेखि उत्पादन बढाउनमा आफ्नो असमर्थतामा निराश छ ।’

     

    दुई राजकुमारः

    थुप्रै वर्षदेखि, साउदी अबर र संयुक्त अरब इमिरेट्सबीच साझेदारीले अरब जगतको भू–राजनीतिको आकार दिएको छ ।

    साउदी अरबका युवराज मोहम्मद बिन सलमान र संयुक्त अरब इमिरेट्सका युवराज मोहम्मद बिन जायदबीचको व्यक्तिगत सम्बन्धले दुबै देशबीचको यो गठबन्धनलाई बलियो बनाउनमा महत्वपूर्ण भूमिका निभाएको छ ।

    दुबै युवराजलाई आ–आफ्ना देशमा वास्तविक शासकको रुपमा हेरिन्छ र दुबैलाई आ–आफ्ना देशको विषयमा एक महत्वाकांक्षी नजरले हेरिन्छ ।

    थुप्रै वर्षसम्म, दुबै देशका सामरिक मुद्दाको विषयमा गहिरो सहयोग रह्यो । उनीहरुले यमनमा इरान समर्थिन हूती विद्राहीविरुद्ध युद्ध लड्नका लागि सन् २०१५ मा एक अरब सैन्य गठबन्धनको गठन गरे र सन् २०१७ मा कतारमा एक कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्ध लगाए ।

    तर उनीहरुबीचको सम्बन्धमा दुई वर्ष अघि मात्रै खटपट देख्न थालिएको हो जब यूएईले आफ्ना धेरैजसो सैनिकलाई यमनबाट हटायो । यो कदमले साउदी रुष्ट थियो ।

    यूएईले जनवरीमा कतारमा लागेको प्रतिबन्धलाई समाप्त गर्नका लागि साउदी अरबको अगुवाईमा गरिएको सम्झौतामा सहमति जताएको थियो । तर उनीहरुलाई दोहामाथि अहिले पनि विश्वास छैन । यसैगरी, अघिल्लो वर्ष इजराइलसँगको सम्बन्धलाई सामान्य गर्ने यूएईको निर्णयले साउदी अबर पूर्ण उत्साहित थिएन ।

    दुई देशबीचको खटपट फेब्रुअरीमा पुनः गहिरिन थाल्यो जब साउदी अरबले बहुराष्ट्रिय कम्पनीलाई आफ्नो मुख्यालय सन् २०२४ सम्म साउदी अरब स्थानान्तरण गर्न भन्यो । र जुन कम्पनीले यस्तो गर्दैन उसले सरकारी ठेक्का नपाउने पनि बताइदियो । यसलाई खाडीको देशमा व्यापारको केन्द्र बताइने दुबईमा सिधा हमला मानियो ।

    त्यसपछि यूएईले ओपेकमा भएको एक सम्झौताको विरोध गर्यो जुन साउदीको पक्षमा थियो । यसैकारण साउदीले यूएईको उडानलाई निलम्बित गरिदियो । यद्यपि, कोरोनाभाइरसका कारण उडान रोक्नुपरेको बताइयो तर यो निर्णय त्यतिबेला आयो जब धेरै मानिसहरु छुट्टी मनाउनका लागि दुबईतर्फ जाने गर्दछन् ।

    साउदी अरबले स्वतन्त्र क्षेत्र वा अन्य खाडी देशहरुबाट इजरायलसँगको सम्बन्धलाई आफ्नो प्राथमिकतामा राख्ने ट्यारिफ सम्झौताको माध्यमबाट आयात रोक्नेछ ।

    यो कदमले यूएईको अर्थव्यवस्थालाई झट्का लाग्यो किनभने त्यहाँको सबै अर्थव्यवस्था फ्रि जोन मोडलको वरिपरि घुम्छ ।

    आर्थिक प्रतिस्पर्धाः

    ओपेकमा दुबै देशमा तिक्तता, बढ्दो आर्थिक प्रतिद्वन्द्वलाई रेखाङ्कित गरिन्छ । यी दुई देश पेट्रोलियम उत्पादनको निर्यातमा आफ्नो निर्भरतालाई काम गरेर, आफ्नो अर्थव्यवस्थामा विविधता ल्याउने कोसिस गरिरहेका छन् ।

    मोहम्मद बिन सलमानको अगुवाईमा साउदी अरब पहिलादेखि नै अधिक आक्रामक आर्थिक रणनीति अपनाइरहेको छ । ऊ अब पर्यटन, आर्थिक सेवा र औद्योगिकजस्ता क्षेत्रमा अन्य खाडी देशसँग प्रतिस्पर्धा गरिरहेको छ ।

    लण्डनको च्याटम हाउसका असोसिएट फेलो निल क्विलियम भन्छन्, ‘साउदी अरब खाडी देशको सबैभन्दा ठूलो देश हो र ऊ अब जागिरहेको छ । केही हदसम्म यो यूएईका लागि चिन्ताको विषय हो । १५ देखि २० वर्षमा यदि साउदी अरब एक गतिशील अर्थव्यवस्थामा परिवर्तन हुन्छ भने यो इमिरेट्सको आर्थिक मोडलको लागि एक खतरा हुनेछ ।’

    यो अहिले नै स्पष्ट छैन कि साउदी अरब र यूएई एक नयाँ ओपेक डीलमा सहमत हुन्छन् वा हुँदैनन् ।

    तर शाही दरबारसँग नजिक एक साउदी विश्लेषक अली शिहाबीलाई यो तिक्तताले लामो समयमा उनीहरुको सम्बन्धलाई प्रभावित गर्छ भन्ने कुरामा विश्वास लाग्दैन । भलै, इमिरेट्सको कठोर व्यवहार साउदी अरबका लागि झट्काको रुपमा आएको छ ।

    उनी भन्छन्, ‘दुबै पक्षबीच अतितमा योभन्दा पनि ठूला असहमति रहेको थियो । अमेरिका र बेलायतसहित सबै सम्बन्धमा उतार–चढाव आउँछ । तर यो सम्बन्धको मूल तत्व, गठबन्धनको कुनै स्थायी हानी पुर्याउने तुलनामा निकै बलियो छ ।’

    बिहिबार, असार २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ५.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ६.
      मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.