• समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • स्वास्थ्य / जीवनशैली
  • मनोरञ्जन
  • आर्थिक
  • विचार
  • राशिफल
  • खेलकुद
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • समाज
    • नारायणी सेरोफेरो
    • स्वास्थ्य / जीवनशैली
    • मनोरञ्जन
    • आर्थिक
    • विचार
    • राशिफल
    • खेलकुद

भर्खरै

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

सुनचाँदीको मूल्य बढ्यो

प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

  • ३. मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

  • ४. कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

  • ५. प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

  • ६. नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट, दुई जना घाइते

  • ७. मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

  • ८. तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

  • ९. मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ

  • १०. तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

नेपाली वैज्ञानिक सक्षम छन् : प्रधानमन्त्री ओली


  •   शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिप्रदत्त साधन स्रोत र पूर्वजका ज्ञानलाई उपयोग गर्न सके विश्वस्तरकै आविष्कार गर्न नेपाली वैज्ञानिक सक्षम रहेको बताएका छन् ।

    Advertisement

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को आज आयोजित सम्मान कार्यक्रममा प्रतिष्ठानका कुलपति ओलीले हरेक नागरिकलाई आफ्ना प्रतिभा पत्ता लगाउने र  रुचिका विषयमा खोज अनुसन्धान गर्ने अवसर दिइनुपर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा  पूरा गर्न अभाव र विभेदरहित, शान्त सभ्य र मानवीयतायुक्त समाज आवश्यक भएको बताउँदै उनले सभ्यताको गौरवपूर्ण इतिहास एवं वैदिककालमा रहेको समतामूलक समाज जरुरी भएको उनको धारणा थियो  ।

    “हामीे मानवीय आवश्यकता परिपूर्ति भएको समाज निर्माण गर्न चाहन्छौँ भने हरेकलाई प्रतिभा प्रस्फुटन गर्ने अवसर उपलब्ध हुनुपर्छ”, उनको भनाइ थियो । देशमा शिक्षा आर्जन गर्ने अधिकरार ७० वर्षअघि मात्रै प्राप्त  भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाइ पनि प्रधानमन्त्रीको थियो ।

    यसै क्रममा देशले विसं २०४० देखि प्राविधिक शिक्षाको शुरुआत, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा  नेपाली वैज्ञानिकले खोज अनुसन्धान शुरु गर्न थालेको पनि उहाँले बताए ।

    देशले विज्ञान प्रविधिको क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोसं्रो मिर्गौला प्रत्यारोपण स्वदेशमै सफल भएको भनाइ प्रधानमन्त्रीको थियो । उनले भने ।” पहिलो पटक गर्दा बारम्बार सङक्रमणले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपणपछि भने त्यस्तो सङ्क्रमण झेल्नु नपरेको र १२÷१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उहाँले स्मरण गर्नभयो ।

    प्रधानमन्त्रीले नेपालीमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरूबाट  विज्ञानका  ठूला अनुसन्धान हुनसक्ने समेत बताए  । परापूर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, शल्यचिकित्साको क्षेत्रमा संहिताको विकास भएको समेत उहाँले उल्लेख गरे ।

    पूरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दैै प्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुप्रै स्थान बाँकी रहेको बताए ।

    विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमीनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उहाँको थियो । उनले भने, “सन् १९७० को दशकसम्म अन्न उत्पादन नहुने भएकाले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ र त्यहाँ काम गर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमूनायोग्य काम गरिहेका छन् ।”

    हामी कहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दैै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको प्रधानमन्त्रीले बताए ।

    शुक्रबार, असार २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
    जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ
    बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा
    सुनचाँदीको मूल्य बढ्यो
    प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ
    मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता,

    • ३.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम

    • ४.
      कुटपिटबाट युवकको मृत्यु, एक जना पक्राउ

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको

    • ६.
      नवलपरासी पूर्वमा अज्ञात वस्तु काट्ने क्रममा विस्फोट,

    भर्खरै

    • १.
      कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

    • २.
      जग्गाको सिमाना विवादमा धकेलिँदा ७५ वर्षीय वृद्धको मृत्यु, एक जना पक्राउ

    • ३.
      बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

    • ४.
      सुनचाँदीको मूल्य बढ्यो

    • ५.
      प्रहरीको बर्दी डर होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री गुरुङ

    • ६.
      मंसिर ३ गते सौराहामा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

    • ७.
      सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • ८.
      नारायणी नदीमा खुट्टा धुन गएका आमा–छोरा बेपत्ता, ११ वर्षीया छोरीको उद्धार

    About Us:

    Shubharambha Consulting and Media Pvt Ltd
    Registration no:
    296466/079/080
    PAN:
    610341137
    सूचना बिभाग  दर्ता नं
    ३५९३-२०७९/८०
    प्रेस काउन्सिल सुचिकरण नं- ३५८२


    © Fuel Rates Nepal

    Contact Us

    www.narayanipress.com
    Bharatpur-10, Chitwan
    Phone Number
    +9779855010218
    Email: shubharambha.vgroup@gmail.com ,
    for news: news.narayanipress@gmail.com


    © Nepali Calendar

    Powered by © nepali date converter

    Team

    Editor
    Bipin Kandel

    Website Visited:

    राशिफल


    © Nepali horoscope
    Copyright ©2026 Narayani Press | All rights Reserved.
     Website By :  nwTech.