काठमाडौं । पार्टीको आन्तरिक विवाद समाधानका लागि एमालेको कार्यदलको बैठक बसिरहेको छ ।
एक साताभन्दा लामो समयदेखि घनिभूत रुपमा छलफलमा रहेको एमालेको वार्ता टोलीका सदस्यहरुसहित कार्यदलका सदस्यहरु आजै सहमतिमा पुग्ने भन्दै छलफलमा जुटिरहेका छन् ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा चार घण्टाभन्दा बढी समयदेखि नेताहरु छलफलमा बसिरहेका छन् ।
केही समय अघि बैठकको बीचमै बाहिर निस्किएका एमाले ओली समूहका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आजै सहमतिमा पुग्ने गरी प्रयास भइरहेको जानकारी दिए ।
‘सहमतिका लागि प्रयास गरिरहेका छौँ, सम्भवतः आजै टुंग्याउँछौँ’, बाहिरिने क्रममा उनले भने ।
जारी बैठकमा संस्थापन ओली समूह र असन्तुष्ट माधवकुमार नेपाल समूहले तयार पारेको सहमतिको मस्यौदालाई अन्तिमरूप दिने प्रयासमा नेताहरु छलफल गरिरहेका छन् ।
