काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिवार सिन्धुपाल्चोक पुगेका छन् । सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि त्यहाँ पुगेका हुन् ।
प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् । प्रधानमन्त्री ओलीले मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफल गरेका छन् ।
यस्तै प्रधानमन्त्री ओलीले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम रुहेको छ । प्रधानमन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन् ।
मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण त्यहाँका विभिन्न ठाउँमा धेरै क्षति गरेको थियो ।
