काठमाडौं – बलिउडका चर्चित अभिनेता सोनु सुद लामो समयदेखि आफ्ना कामका कारण चर्चामा आइरहेका छन् । कोरोना महामारीको शुरुवातदेखि नै समस्यामा परेकाहरुलाई सहयोग गरिरहेका उनी अहिले रिल हिरोबाट रियल हिरो बनेका छन् ।
दैनिक जीविकोपार्जनमा अप्ठ्यारो परेकालाई सहयोग गरेर फ्यानहरुको तारिफ पाइरहेका उनले फेरि अर्को सहयोग गरेका छन् । उनको सहयोगको भावना देखेर भारतको आन्ध्र प्रदेश स्थित नेल्लोरका स्थानीयले उनलाई भगवान मानेका छन् । उनीहरुले सोनुलाई भगवान भन्दै पुजा गरेका छन्। उनको फोटोमा आरती सहित पुजाआजा गरेका हुन् ।
पूजा गर्नुको कारण सोनुले त्यहा अक्सिजनको पर्याप्तता नभए पछि प्लान्टको नै स्थापना गरिदिएका छन् । सिलिन्डरले भरिएका ट्रकहरूमा सुदको फोटो टाँसिएको थियो। पुजाआजा सहित देशभक्तिको नारा पनि लगाइएको थियो ।
आफुलाई पुजा गरिएको भिडीयो सोनुल्े सामाजिक सञ्जालमा शेयर गरेका छन् । उनले लेखेका छन् – ‘अक्सिजन प्लान्टको स्वागतका लागि धन्यवाद नेल्लोर। यी अक्सिजनले धेरैको ज्यान जोगाउनेछ भन्ने आशा गरेको छु।’
